Posted by: Gautam B. November 23, 2005
A Sher A Day: Part II: Ghazal talk
Login in to Rate this Post:     0       ?        
शिरिष गुरु, राम्रा छन् शेरहरु। नया चल्लाको एउटा सानो सुझाव, शब्द कटौतीको आवश्यकता भने देखिन्छ। फाइनल चाँडै पढ्न पाइयोस्। मैले यसपटक हिमालको नाममा गजल लेख्ने कोशिश गरेको छु। टाँसिहाल्छु, गुरुहरुबाट सुझावको अपेक्षा राख्दै। गोतामेको गजल-८ रात नसकिँदै झुल्किन्छ हिमाल कुन खुशिले टल्किन्छ हिमाल!? घाममै छल्छ बादलका आँखा! आकाशसंग पल्किन्छ हिमाल! चित्त बुझेन आकाशै पाएर?! किन अविराम् अल्किन्छ हिमाल?! दुइटै यी आँखामा नेपाल छ हरपल छचल्किन्छ हिमाल। (अल्किनु=अग्लिनु, " अग्लो हुनु" को ग्रामीण उचचारण)