Posted by: chitawan November 23, 2005
Do somthings for your own society ...
Login in to Rate this Post:     0       ?        
Namsate www.chitawan.com चितवन जिल्लाका प्रत्यक्ष वा अप्रत्यक्ष स्थायी वा अस्थायी वसोवास गरिरहुनु भएका आदरणीय दाजुभाइ तथा दिदी वहिनीहरुमा र्सवप्रथम चितवन डटकमका tkm{jf6 म यहाहरुलाई हार्दीक स्वागत गर्न चाहान्छु । भनिरहनु पर्दैन चितवन ७६ औ जिल्लाका रुपमा समेत परिचत छ र यहा के प'व{ के पश्चिम सवै स्थानवाट वसाइ सराइ देखि लिएर विविध पेशा व्यवसायमा वस्ने हरुको सख्या उल्लेख्य छ। चितवन प'र्व पश्चिमको संगम स्थलमात्र होइन देशकै मेरुदण्डको आधार हो भन्नेमा हामीलाई गर्व छ । आर्थिक उत्पादनका क्षेत्रमा देखि लिएर राजनैतिक घरातलमा समेत चितवन जिल्लाको वलियो उपस्थिती छ । घान मकै, तोरी देखि लिएर कुखुरा चल्ला उत्पादनमा समेत पहुच छ चितवन जिल्लाको , त्यति मात्र कहा हो र विश्व सम्पदा सूचीमा सूचिकृत शाही चितवन राष्ट्रिय निकुञ्ज समेत हाम्रै पृठभूमीमा पर्दछ । आफु जन्मेको देश र आफुलाई जन्म दिने आमा र्स्वर्ग जत्तिकै प्यारो हुन्छ यो हामीले यहा उल्लेख गरिरहनु पर्दैन । हामी यही चितवनको माटोमा खेल्दै हुर्किऔं हामीलाई हाम्रो यो भूमीले आज विश्वको कुना कुनामा नेपाली भएर गर्व गरेर हिड्न सिकाएको छ । हामी त्यही नेपाली हौ अनि त्यही चितवनको वासिन्दा हौ । हामीलाई गौरव जाग्छ कसैले चितवने भन्दा । यसै परिवेश र विभिन्न क्षेत्रका साथीहरुको हौसला तथा प्रयासवाट चितवनमा केही गर्नु पर्छ । हामीले गर्ने कुनै पनि काम समाजमा परिवर्तनका लागि गरिनुपर्दछ । त्यो परिवर्तन चितवन जिल्लाको लागि हुनुपर्दछ भन्ने अभ्रि्रायःले आज सस्सार भर छरिएर रहनु भएका साथीभाइको एउटै आग्रहमा चितवन सहयोग अभियान गठन गरेका छौ । तपाईले एक्लैले पनि सहायता र सहयोग विविध तवरवाट विभिन्न क्षेत्रमा गरिरहनु भएको छ ।त्यसलाई समेत मध्यनजर राख्दै अव उप्रान्त चितवन सहयोग अभियानका मार्फ चितवनका विभिन्न क्षेत्रमा सवै मिलेर थोरै थोरै जम्मा गरि चितवनको विकासमा सहयोग पुराउन चितवन डट कम हार्दीक अनुरोध गर्दछ । www.chitawan.com
Read Full Discussion Thread for this article