Posted by: chicken.little November 22, 2005
for Ladies of Sajha: Badhu Siksya
Login in to Rate this Post:     0       ?        

खान्या चीज् जति छन् सबै नजरले हेरेर ढाक्छोप् गरुन् । जो चीज् हुन्छ सुकाउन्या तिनकनै ल्याएर घाम्मा धरुन् ।। खान्या जीच कुहेर फाल्नु नपरोस् दीनू कि खानु बरु । एती जान्नु अवश्य धेर् अव बखान् कुन्-कुन् कुराको गरूँ ।।२१।। खान्या चीज नहेरि केही नकुहुन् सब् पँह्रन्या चीज पनी । सप्पै याद रहोस् सदा मनमहाँ यो चीज छ ञाहाँ भनी ।। चीज् ता छन् घरमा तथापि मनमा छैनन् त भै क्या भया । आखिर् चीज् घरमा भइ बखतको काम् सब् बिती गै गया ।।२२।। जो चीज् छन् घरमा हिरा तल प्रि्रा सब् चीस् मनैमा रहुन् । जो खोज्छन् पतिले ऊ चीज् उहि बखत् ल्याएर चाँडो दिउन् ।। खोज्दामा छन ता थियो कता राख्याँ हरायो भनी । भन्नू यो पति थ्यैं पर्यो पनि भन्या मानोस् मरेझैं अनी ।।२३।। पूजाको सरजाम जति थोक् चाहिन्छ सो सव् गरी । साँझमा बत्ति जलाउनु अनि ठूला पानस् विषे तेल् धरी ।। खान्या चीज् बनाइ खान दिनु जो खान्छन् परीवारले । जुन् चीज् राख्नु भंडार पर्छ नभुली सब् राख्नु संभारले ।।२४।। दिन दिन घरमा जो पाहुना बस्न आया । तिनकन नखुवाई आफुले क्यै न खाया ।। गृहिणी भइ रहृयाको यो ठूलो धर्म जान्नु । बिहक सकि दियाको अन्न भन्न्या न ठान्नु ।।२५।। काम्का खातिर जत्ति चीज घरका दिन्मा झिक्याका थिया । रात्रीमा त उ काम् हुँदैन सब चीज् थन्क्याइ राखी दिया । सम्झी कत्ति न मानि अल्सि सब चीज् थन्क्याइ ताल्चा पनी । लाऊन् चोर चकार डाकुहरुले देख्नै नपाउन् भनी ।।२६।। छिनिसकि सब धन्धा सासुको पाउ मिच्दी । उँघिकन बिखबर् भै पाउ मिच्दै त ढल्दी ।। टहल गरि टहल्ने सासुलाई रिझाई । पतिसित तब जाओस् स्त्री टहल् गर्नल् गर्नलाई ।।२७।। प्राण्का नाथ् पतिका अगाडि गइ जो फर्माउँछन् सो गरोस् । भन्छन् ल्यान तमाखु खान्छु भनि ता चाँडै तमाखू भरोस् ।। किस्मिस् दाख बदाम म्रि्री नरिवल् जो चीज् छ सो सो दिई । पाऊ मिच्न तयार भै अघि सरोस् तेल्को कटौरा लिई ।।२८।। आज्ञा माफिक अङ्क पाउहरुमा मर्दन् बहूतै गरी । पाऊमा शिर राखि सब् तहिं भनोस् जो काम् गरी दिन् भरी ।। यस्तो भो यसरी गर्याँ यति गर्याँ गर्न्या छु यो यो पनी । भन्न्या काम कुरो भनोस् पति पनर्ीर् इ बात सुनुन् भनी ।।२९।। जति गरी दिनमा काम् सो सबै बिन्ती गर्दी । मधुर वचन बोल्दी स्वामीको चित्त हर्दी । पतिकन यस रीत्ले बातले खुश् बनाओस् । जब त पति निधाउन् काखमा त्यो निधाओस् ।।३०।। यति सब बधुशिक्षाका सिलोक् सीलोक् जो बनाञाँ । पढिलिनु सबले यो नारिको हित् जनाञाँ ।। यहि रितसित जो स्त्री नित्य सब् काम गर्छन् । उभयकुल सँगै ली ती सहज् पार् तर्छन् ।।३१।। स्त्रीको धर्म पनी मती पनी पती मर्न्या बखत्को गति । वाचुन्जेल सुख भोग् पनि बुझि लिदाको दिन्छ तेस्ले जति ।। स्त्रीका धर्म पती जती त अरुथोक् देख्तैन मन्ले रति । यस् लोक्मा परलोकमा सुख दिन्या सो हेर जान्छन् सति ।।३२।। स्त्रीको धर्म पत्रि्रता अति ठूलो जो गर्दछन् भक्तिले । आफ्ना कुल् सब तारि पितृहरुको कुल् तार्दछन् शक्तिले । स्त्रीको जन्म भयो भन्या त पतिको सेवा छ सारै ठुली । सो सेवा त गरी अनेक् अरु गरोस् साँचो कुरामा भुली ।।३३।।
Read Full Discussion Thread for this article