Posted by: chicken.little November 22, 2005
for Ladies of Sajha: Badhu Siksya
Login in to Rate this Post:     0       ?        

अल्सी दूर गरेर नारीहरुले थान्को र मान्को गरी । काम्काम्का परिवार लायक बिचार गर्दै रहुन् दिन् भरी ।। धागा बत्ति समेत काति टपरी दूना बोहोता पनी । सिन्का साफ चिरेर राख्नु अनी चाहिन्छ काम्मा भनी ।।१०।। पूजा ब्रतादिहरुका जति तीथि पर्छन् । सम्झेर गर्नु नभुलीकन पाप हर्छन् ।। ठूला ब्रतै त पनि सेवन गर्नलाई । क्यै छैन फेरि अरु निश्चय नारिलाई ।।११।। रोगी बालक बृद्ध सासू ससूरा जेठाज्यू देवर् पनि । फूपू सासूअमाज्यु नन्द जति छन् खान्छन् इ खाना जि ।। सब्को हित घत जानि नित्य दिमा खाजा बनाइ दिउन् । यस् रीत्ले अति खुस् बनाइ परिवार् सब्लाई हात्मालिउन् ।।१२।। सौताको रिस गर्नु पाप छ बहुत् एकै दुवैका पति । मर्यादा पनि जानु पर्छ जसले मीलेर सङ्गै सति ।। यस्तो जानि नमानि केहि मनमा मीलुन् बहूतै गरी । टाल्टुल् गर्नु फुट्यो टुट्यो घर भन्या सिप्लाई जोहर् गरी ।।१३।। अर्काका घरमा नजानु कहिल्यै आफ्ना घरैमा बसी । जे कुनू सब् चीज् जती छ घरमा कूना र कानी पनी ।।र् पर्छन् श्राद्ध दशैं तिहार अरु चाड् चाहिन्छ तिनमा जती । ती चीज् सम्झी अगाडि संग्रह गरोस् यस्मा नचूकोस् रती ।।१४।। मान्न्या जन् कन मान्नु जान्नु घरको ठग्को ठगाञी पनी । सब सासूसित भन्न जानु उ गरुन् यस्को सजाञी भनी ।। यस्ता रीत् सित सब् गरेर वशमा राखोस् सबैमा दया । तिन्को याद तुरुन्त गर्नु जन जो भोका र नाङ्गा भया ।।१५।। पाहूना जति आउँछन् घरमहाँ दर्जा छ तिन्को जति । सो जानेर उसै वमोजिम गरोस् मर्ज्याद् नचूकोस् रति । पाउन् पापि कठोर चोरहरुले सोही बमोजिम् जवाफ । राखोस् इष्ट कूटुम्ब मित्रहरुमा अमृत सरीको रवाफ ।।१६।। साँचो बोल्नु नबोल्नु बात कहिल्यै झूटो भन्याको रति । आखिर मर्नु छ पाउनू छ उति फल् याहाँ गर्याको जति । यस्तो ज्ञान् मनमा लिईकन रहुन् सासू ससूरा पति । जे भन्छन् उहि गर्नु छैन अरु ता संसार तर्न्या गति ।।१७।। भन्छन् शास्त्र पनि र सासु ससुरा जेठाज्यु मान्नू भनी । भन्छन् ता पनि जो पती छ उसरी हुँदैन कोही पनि ।। दृष्टान्तै पनि मिल्छ सासु ससुरा जेठाज्यु बित्ता सती । को जान्छन् पति पो बितया पनि भन्या जानू छ संगै सती ।।१८।। हाँस्नू छैन कदापि नारिहरुले वेश्या हुन्या हाँस्तछन् । वेश्या लौ नहउन् तथापि घरको काम् ती सवै नास्तछन् ।। एक्लै हाँस्न हुँदैन कोहि नभई अर्को सँगी भो जसै । हाँस्तैमा दिन जान्छ एहि रितले सब् काम बित्छन् तसै ।।१९।। मानिस्को त बताउँ क्या अब विचार् पक्षी पशूको पनि । पाल्यको छ भन्या तुरन्त बुझनू क्या आज खायो भनी ।। जरसै भो कसिंगार् बढार्नु घरभर् कहीं नराखोस् रती । स्त्रीले जान्नु विचार राखि मनमा यस्तो बताउँ कती ।।२०।।
Read Full Discussion Thread for this article