Posted by: Amazing November 22, 2005
Nepal le Jityo : =) Hurrrrayyy !!!!!!!!
Login in to Rate this Post:     0       ?        
La feri Kantipur bata SABHAR samachar एन्फा उत्कृष्ट राष्ट्रिय संघमा मनोनयन कास काठमाडौं, मंसिर ६ - एसियाली फुटबल महासंघ -एएफसी) ले सन् २००५ को उत्कृष्ट तीन राष्ट्रिय संघमध्ये अखिल नेपाल फुटबल संघ -एन्फा) लाई पनि चयन गरेको छ । नेपाली खेल इतिहासमा अन्तर्राष्ट्रिय खेल निकायले नेपालको संस्थालाई यसरी उत्कृष्ट संस्थामा चयन गरेको यो पहिलो हो । नोभेम्बर ३० मा मलेसियाको क्वालालम्पुरमा एएफसी अवार्ड गाला २००५ को आयोजना हुँदैछ र त्यस अवसरमा विभिन्न १५ विधामा अवार्ड दिइनेछ । तीमध्ये प्रमुख अवार्ड वर्षको राष्ट्रिय संघ रहेको छ र त्यसमा नेपाललगायत जापान फुटबल संघ र कतार फुटबल संघलाई मनोनयन गरिएको छ । एएफसी आबद्ध ४६ राष्ट्रिय संघमध्येबाट तीन संस्था छानिएका हुन् । अवार्ड गालाको अवसरमा तीनमध्ये एक उत्कृष्ट संघलाई अवार्ड दिइनेछ । एन्फाले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै आफूलाई जापान र कतारजस्ता आर्थिक रूपले बलियो संघसँगै मनोनयन गरेकोमा खुसी जनाएको छ । 'नेपालका लागि यो गौरव हो र यसले भविष्यमा अझ सशक्त भएर अगाडि बढ्न हौसला बढाउने छ,' वक्तव्यमा भनिएको छ ।
Read Full Discussion Thread for this article