Posted by: Amazing November 22, 2005
Nepal le Jityo : =) Hurrrrayyy !!!!!!!!
Login in to Rate this Post:     0       ?        
यु-१९ क्रिकेटर पुरस्कृत कान्तिपुर संवाददाता काठमाडौं, मंसिर ६ - उपत्यकामा शनिबार सम्पन्न १९ वर्षमुनिका खेलाडीको एसिया कप उपाधि जित्ने नेपाली टिम तथा खेलाडीहरू सोमबार पुरस्कृत भएका छन् । प्रायोजक वाईवाईले नेपाली टिमलाई एक लाख रुपैयाँको विशेष पुरस्कार प्रदान गरेको छ । त्यस्तै, नेपाल क्रिकेट संघ -क्यान) ले टिम प्रबन्धक, प्रशिक्षक एवं सहायक प्रशिक्ष्ाकका साथै टिमका प्रत्येक सदस्यलाई १५-१५ हजार रुपैयाँ प्रदान गरेको छ । प्रतियोगितामा नेपाली टोलीमध्येबाट उत्कृष्ट ब्याटिङ गर्ने शरद भेषवाकर र उत्कृष्ट बलिङ गर्ने अमृत भट्टराईले क्यान र ट्वान्टी फस्ट सेन्चुरीबाट एक-एक वटा मोटरसाइकल पाएका छन् । भेषवाकरले ५ म्याचको ४ इनिङमा कुल १ सय ५२ रन बनाएका थिए । जसमा उच्चतम योगफल ६८ थियो । त्यस्तै, भट्टराईले ५ म्याचमा ४२ ओभर बलिङ गरेर १२ ओभर मेडन राख्दै १ सय २० रनको बदला १३ विकेट लिएका थिए । जसमा ३८ रनमा चार विकेटको प्रदर्शन उत्कृष्ट थियो । प्रतियोगिताको एक इनिङमा सबैभन्दा बढी रन बनाउने र सबैभन्दा बढी विकेट लिने खेलाडी तथा सबैभन्दा बढी क्याच समाउने खेलाडीलाई एलजी टेलिभिजनका तर्फबाट एक-एक वटा १४ इन्चका रंगीन टेलिभिजन प्रदान गरियो । यो पुरस्कार पाउनेमा ब्याटिङतर्फ कप्तान कनिष्क चौगाईं, बलिङतर्फ बन्टु बटाजु र क्याचका लागि पारस खडका छन् । कप्तान चौगाईंले एक इनिङमा सर्वाधिक अविजित ७८ रन कुवेतविरुद्ध सेमिफाइनलमा बनाएका थिए भने बन्टु बटाजुले मलेसियाविरुद्ध फाइनलमा पाँच विकेट लिएका थिए । त्यस्तै, पारस खडकाले प्रतियोगिताको ५ म्याचमा सहभागिता जनाउँदै कुल ६ क्याच समाएका थिए । त्यसैगरी, फाइनलमा 'म्यान अफ द म्याच' उपाधि पाएबापत बटाजुलाई मुनड्रप्स म्यानपावर कम्पनीले २५ हजार १ रुपैयाँ पुरस्कार स्वरूप प्रदान गरेको छ । पुरस्कार वितरण गर्दै शिक्षा तथा खेलकुद मन्त्री राधाकृष्ण मैनालीले राष्ट्रमा चर्चाको विषय बनेका खेलाडीलाई सम्मान गर्न पाउनु गौरवको कुरा भएको बताउनुभयो । मुलुकलाई एसिया कप उपाधि दिलाउने टिमलाई सरकारले पनि उत्साह बढाउनका लागि केही विचार पुर्?याइरहेको जानकारी उहाँले गराउनुभयो । खेलाडीहरूको प्रोत्साहनका लागि निजी क्षेत्रको संलग्नता उत्साहजनक भएको बताउँदै यस क्रमलाई अझ सक्रिय रूपमा जारी राख्नुपर्ने सुझाव उहाँले दिनुभयो । उक्त अवसरमा एसियाली क्रिकेट काउन्सिलका विकास निर्देशक सुल्तान रानाले नेपाल कुनै पनि स्तरको प्रतियोगिता सञ्चालन गर्न सक्षम रहेको बताए । वर्तमान प्रशिक्षक रोय डायसको नेतृत्वमा नेपाली टिम सुरक्ष्ाित रहेको उनले बताए ।
Read Full Discussion Thread for this article