Posted by: Bostonian Nepali November 21, 2005
Login in to Rate this Post:
0
?
लौ एकछिन यसो खेसरीसंग बरालिन गाको त नमे, बिख्रे र सिरेले
त गोतामेको बे गर्ने कुरो पो निकालेछन्। ए गिठ्ठाका दाना! अब यो बेशीथाने ले
गोतामेलाई ठ्याक्कै हुने तरुनि देखेको छ। नमेले भने जस्?तै सुलुत्त परेको जिउडाल, भैँसि दुन, सेउला बोक्न, भकारो सोर्न असाध्यै सिपालु।
तेती मात्र हो र, बारुले कम्मर लचक लचक पारेर नाच्न र झ्याऊरे गीत गाउन त
मेरी बासै खप्िपस छे। अब गोतामेलाई कामबाट थकेर आको बेला नरम हातले
जिउ मालिस गरेर कानमा खासखुस गरेर गालामा च्वाप्प म्वाई खान त
झनै जान्छे। लौ गोतामे के छ बिचार? लौ मैले फुटोपनि पठाको छु।