Posted by: Dada_Giri November 20, 2005
Login in to Rate this Post:
0
?


राजनितिको धागोमा राजनितिकै कुरा गर्नु प-यो केरे हैन र।
एउटा गणतन्त्रका लागि होमिएका होनाहार आम नेपाली युवाहरुका प्रतिनिधी अमेरिका पुगेर १ महिना अनूभव बटुलेर लेखेको लेख पढ्दा जुरुक, जुरुक र जोसको भावना रगतदेखि उम्लेर आउला कि भनेर म द-हो कुर्सीमा सरेर पढ्न बसेँ । हेर्दै जाँदा यो एउटा राजनितिज्ञको लेख भनेर विश्वास गर्न मलाई फिटिक्कै मन लागेन। र उल्टो जति पढ्दै जान्छु त्यती मन सेलाउँदै गयो मानौँ यो अमेरिकाको शैक्षिक भ्रमण पुरा गरी फर्केपछि ७ किलासको भाइले लेखेको एउटा निबन्ध थियो।