Posted by: Dada_Giri November 20, 2005
CHAUTARI - III
Login in to Rate this Post:     0       ?        
सिरुपाते नारन खुकुरीको कति लाग्दो कर्द ! कति लाग्दो कर्द!! हाम्रो जोवन बकस लिने को पो होला मर्द, कृष्ण बजाऊ मुरली! लेक बस्ने नारन क-याङ् कुरुङ् बेँसीतिर झ-यो ! बेँसीतिर झ-यो !! यतिञ्जेलको ठोसे जोबन ज्यानकै हात प-यो, कृष्ण बजाऊ मुरली! यतिञ्जेलको ठोसे जोबन ज्यानकै हात प-यो, कृष्ण बजाऊ मुरली!! ... ... ... म यसो जिम्मावल बाका घरतिर झरेको माइली आँवैले कोदो ठाटाम्दै हुनुन्थ्यो, बुढीलाई त बैँशको याद आएछ गीत गुनगुनाएकी। जिम्मावाल बा पनि आज त तन्दुरुस्त भैसकेछन्। खाटमा बसेर दाम्लो बाट्दै थिए। हार बाटेका के दाईँ हाल्दा ७तै गोरुलाई एउटै किलामा बाँध्न मिल्नी दाम्लो। (अहिले आन्दोलन गर्छम् भन्नी ७ गोरु भनुम्न।) हे, लेक फुल्ने लाली गुराँस बेँसी फुल्ने टाँकी ! अझैपनि जबान छु गाँठे कोइलीसित टौवामुनि जाँ कि!" म आँफैलाई लाज लाग्यो, अनि करेसाबाटै "अँ हँ !अँ हँ !" गरेर खोकेँ। बुढाले सुन्नी हैनन् केरे। अनि यता चौतारीतिर आऽको।
Read Full Discussion Thread for this article