Posted by: Bhaute November 20, 2005
CHAUTARI - III
Login in to Rate this Post:     0       ?        
याँ दादाले झेल अरे। गोताएँले कुरो उप्काइहाले, अब चौतारिमै नियाँ-निसाफ माग्नु परो मैले। अब मेरो त्यो थोरे पाडी बिछट्टै राम्रो केरे, हेर्दा पनि। खरानी रङ्को, सिङ पनि रोटा जस्तो फुनुक्क घुमेको। आँखा पनि गाजले गाजले छ के रे। अब हिजो ब्यान सेपिए जस्तो, तहराए जस्तो लाएर दादा काँ पुर्याएँ के रे। दादा ले पिँडालु खन्दै र'चन। पैला पैला त घरमा पिँडालु लगाम्दैनथे के रे। तादि नै ईसिल्सी दिँन बस्दा घरबेटीले दिएर पिँडालु पकार खा'का रे के रे। त्याँसि मीठो लागेर पिँडालु लगाम्न लागेका त हुन् नि। अनि म पुनि पुगेँ के रे। "ल ल बस, भउते, के हतार भो र" भनेर कक्कड भर्न थाले। तिनले त कक्कडमा सिरेले दिएको के के जाति मिसाएछन्। मैले त मेसै पाइन। ताने पछि पो उडे उडे जस्तो, गुडे गुडे जस्तो भो। त्याँसि राओँ फुकाए। त्यसपछिका कुरा त गोताएँ ले अरि सके। "बहाल हाताहाति हो भउते" भने केरे दादाले। "के का हाता हाति भन्याछौ, ब्याएसि दिनिहो मैले त, यै भैसिको घिउ सँगालेर एक आने घिउ दिम्ला नि" भनेको दादाले मान्दै मानेनन्। लौ त भनेर जुवारीका खल्तिअट पचासोटा रुप्पे दाम निकालेर दिएँ के रे। त्यो पनि त्यै निरेले दशैँमा इउटा इउरो राखेर टिका लगाको पैसो। बिदा-बादी भ'र म पनि थोरे डोर्याम्दै घर तिर लागेँ। मनमा के के कुरा खेल्न ळाओ के रे। एक्लै भ'सि त्यस्तै त हो नि, बैँशले मातेका मुन्छेको चाल। अब यै मुसिराँ एउटी खोज्नु परो र झ्याँई पार्नु परो भन्ने सोँचे। यसो हिसाप अर्दै जाँदा त कुरो अलि अप्ठेरो पर्यो के। मुसिराँ नै बिहे अर्यो भने त थोरे पाडि र घरकी जहान सुत्केरी हुने महिना एउटै पर्ने भो। दुइ-दुइ वटा सुत्केरी म एक्लै कसरी देख भाल अर्नेहोला भेनेर एकछिन त पसिनै छुटे नि, के भुन्नि अब। "यो चिसाँ केका पसिना काढ्दै हिडेका हौ?" पुन्टेदाइको स्वरले खङ्ग्रङ्गै नि म त। पाडी पनि चम्केर झन्डै भिराट खसेको नि। "पाडि चम्किहाल्यो अब, लौ पुन्टेदाइ, पुच्छर समातेर हिँडम अब। घरमा ग'र चाह-पानी खाम्ला भने। खासमा भनेको मान्ने मुन्छे त काँ हुन् र पुन्टे दाई। अब त्यै अस्तिनै को जमुनिको घटनालाई मैले मात्र थाह पाछु भन्ने ठानेका रैछन् के। नमान्दा फेरि कुरो उप्काउँछ कि भनेर आज काल त जे भन्यो त्यै मान्नी नि फेरि। नाक छेँडेको राँगो जस्तो भनुम न अब एक किसिमले। बाटोमा पुन्टेदाइलाई मेरा मनाँ खेलेका कुरा सप्पै भने के रे। "थुक्क भउते तिम्रो उल्टो बुद्धि" भन्छन पुन्टेदाइले त। "किन के भो र" भनेर सोधेको त, "भैँसी ब्याउन नौ महिना लाग्छ, मान्छे ब्याउन दश महिना लाउँछ, त्यसैले चिन्ता नमान, भैँसी ब्याको २ महिना पछि बल्ल तिम्रो हुनिवाला जहान सुत्केरी हुन्छे" पो भन्छन्। अब मैले त उल्टो सोँचेछु के, भैँसिलाई ९० महिना, मुन्छेलाई नौ महिना। अब खाश त के हो अझै सँकै छ के रे। पुन्टेदाइ नै सही भे त झन गजब नै भो, सुत्केरीलाई गोरस पनि हुने भो भनेर मनमनै खुशी भएँ भनम न। सिरेले जमुनिलाई जस्तो बाख्राको दुध ख्वाउन नपर्ने भो। हिन्दा हिन्दै दाइले त पुच्छर छोडे के रे। के भएछ भनेको त भैँसिले गोब्र्याउन ला'को रैछ के। गोब्र्याए पछि त " ए भउते भैँसि यै बाँध त" भन्छन पुन्टेदाइले। यतै बाट धोबिनिकाँ रउसि खान जाम भन्न लागे कि भनेर मैले नि, पर्या छैन बिहानै बिहानै रउसि खान, खुरुक्क घर ग'र तातो तातो कागति राखेको चिया खाने हो भने के रे। कुरो त अर्कै रे'छ के। यसो गोबर मा नियालेर हेरेको त गोबर सँगै के के - के के लट्पटिएर निस्केको के। राँगोले त बिराएको रै'छ के। आफू ले देख्न पाइएन, दादाले छेकेर बसे केरे। एकै चोटी ढ्याम्म भैँसिको करङै भाच्चिन्छकि जसरि ढाम मारेका थिए। भैँसि राम्रो देखेर रिसले हो कि कुन्नि। गाँजाको सुरमा मैले नि त्यति होसै पाइन के रे। किन आज बहाल हाता-हाति माग्छन भनेको त बल्ल कुरो बुझेँ मैले। पुन्टदाइ हितितिति हाँस्दै उकालो लागे केरे। आफुलाई चैँ रिसले भाउन्न भयो। सबै सपना झ्वाम। अब मैले दादा बाट त्यो पचास रुप्पे दाम पाउन परो को परेन त गाम्ले हो ? मुलाई निसाफ चाहियो ल। :-) -भउते
Read Full Discussion Thread for this article