Posted by: shirish November 20, 2005
GAgan Thapas article about his visit to US
Login in to Rate this Post:     0       ?        
टेक्सासमा नेप्लिज डेमोक्रेटिक फोरमले एउटा कार्यक्रम आयोजना गर्?यो । अघिल्ला कार्यक्रमको तुलनामा यो बढी राजनीतिक थियो । आयोजक संस्था आफैँ राजनीतिक गतिविधिमा लागेको थियो । नेपालीहरूको राम्रो उपस्थिति रहेको त्यस ठाउँमा पनि लोकतन्त्रकै पक्षमा विचारहरू आए । 'माघ १९' लगत्तै राजाको समर्थनमा हिँड्नेहरू पनि अहिले प्रजातन्त्रको विकल्प नभएको बताउन थालेका रहेछन् । त्यसपछि मेरो यात्रा न्युयोर्कतर्फ बढ्यो । न्युयोर्कको कोर्नेल युनिभर्सिटीमा एउटा कार्यक्रम भयो । त्यहाँ नेपालको विद्यार्थी आन्दोलन विषयक एउटा वृत्तचित्र देखाइयो । नेपाल आएर लामो समय अध्ययन गरेर फर्केका अमेरिकी विद्यार्थीहरूको सहभागिता त्यो कार्यक्रमको विशेषता थियो । उनीहरूको पनि नेपालका लोकतान्त्रिक पार्टीहरूले जनताका मूलभूत एजेन्डालाई बोक्न नसकेको ठहर थियो । अन्तिम कार्यक्रमचाहिँ न्युयोर्कको कोलम्बिया युनिभर्सिटीमा अलाइन्स फर पिस एन्ड डेमोक्रेसी भन्ने संस्थाको आयोजनामा भयो । त्यहाँ स्मरणीय के भयो भने सहभागी नेपालीहरूले हिँड्ने बेलामा स्वतन्त्रताको प्रतीक 'स्ट्याचु अफ लिवर्टी' उपहार दिए । सही अर्थमा जनतालाई सम्प्रभु नबनाएसम्म आन्दोलन नटुङ्ग्याउने आग्रहसहित लोकतान्त्रिक आन्दोलनमा समर्पित सम्पूर्ण युवाका नाममा उनीहरूले त्यो उपहार दिएका थिए । न्युयोर्ककै एउटा रमाइलो सम्झना छ । एक जना उच्च सैनिक अधिकारीको परिवारका सदस्यको प्रसङ्ग हो यो । युएन महासभामा सम्बोधन गर्न राजा नजाने भए पनि त्यहाँका नेपालीले पहिले नै तय भएको विरोध जुलुसचाहिँ रोकेका रहेनछन् । त्यस जुलुसमा ती सदस्य श्रीपेचसहित देखिएका थिए, उनले 'नेपालका राजा र आफूले सबैथोक गुमाएकाले शरणार्थी बन्न चाहन्छु, सहयोग गर्नुस्' भनी अङ्ग्रेजीमा लेखिएको कपडा लगाएका थिए । सोही क्रममा श्रीपेच खोसिएको र नेपाल श्रीपेचरहित भएको दृश्य पनि प्रस्तुत गरियो । दरबारनिकट परिवारका भए पनि उनी राजसंस्थाको विरोध गर्दै निस्किएको घटना मलाई रोचक लाग्यो । अमेरिका भ्रमणबाट समग्रमा मैले के बुझेँ भने त्यहाँ भएको ठूलो नेपाली जमात देश र्फकन चाहन्छ र यहाँको बिग्रेको राजनीति सपार्न केही योगदान दिन चाहन्छ । 'असोज १८' भन्दा पहिला नेताहरूले गर्न नसकेका हुन्, हामीले गरेर के हुन्छ र भन्ने सोचाइ राख्नेहरू पनि रहेछन् । तर, 'माघ १९' पछि उनीहरूले ठूलो परिवर्तनको सम्भावना देखेको र त्यसमा आफ्नो सहभागिता खोजेको जस्तो लाग्यो । आन्दोलनपछि आउने नयाँ प्रणालीमा आफ्नो स्वामित्वका लागि आन्दोलनको प्रक्रियामा उनीहरूले हस्तक्ष्ाेप गर्न चाहेको हुनुपर्छ । हामीले लोकतन्त्र स्थापनाका लागि विदेशीमाझ 'लबिङ्' गरिरहेका बेला विदेशमा बसेका नेपालीको सामथ्र्य र भावनालाई नजरअन्दाज गर्नु हुँदैन । अबको लोकतान्त्रिक आन्दोलनमा अमेरिकाको नेपाली डायास्पोराको भावना र तिनको सामथ्र्यलाई समन्वय गर्दै अघि बढ्नुपर्छ भन्ने मलाई लागेको छ ।
Read Full Discussion Thread for this article