Posted by: shirish November 20, 2005
GAgan Thapas article about his visit to US
Login in to Rate this Post:     0       ?        
भर्खरै प्रकाशित द रोयल नेपाल आर्मी ः मिटिङ् द माओइस्ट च्यालेन्ज पुस्तकका लेखक अशोक मेहतासँग छलफल पनि भयो । उनको भनाइ थियो, "शाही सेनाको सङ्ख्या र शक्ति बढाएर पनि माओवादीहरूलाई पूर्णतः पराजित गर्न सम्भव छैन ।" सेनालाई बलियो बनाउँदैमा माओवादीलाई हराउन सकिन्छ भन्ने तर्क नै गलत रहेको उनको धारणा रहेछ । त्यसकारण नेपाललाई सैनिक सहयोग गर्नु भनेको सङ्कटलाई निरन्तरता दिनु हो भन्ने उनको बुझाइ थियो । त्यो प्राज्ञिकहरूको सम्मेलन थियो । किन नेपालको दरबारले प्रकृति संरक्षणको मुद्दालाई प्रमुखता दियो ? भन्नेबारेमा एक जना अमेरिकी समाजशास्त्रीले अनुसन्धान गरेका रहेछन् । उनको निष्कर्ष थियो, 'कन्जरभेसन' अन्तर्राष्ट्रिय सम्भ्रान्त वर्गको आकर्षणको विषय रहेको र उनीहरूलाई आफूतर्फ तान्न दरबारियाहरूले त्यही मुद्दामा जोड दिएका हुन् । मैले माओवादीनिकट अमेरिकीहरूको एउटा जमात पनि भेटेँ । उनीहरू नेपाली माओवादी आन्दोलनको प्रचार गर्दा रहेछन् । माओवादीको हिंसात्मक पक्षलाई स्वाभाविक हो भन्दा रहेछन् । तिनीहरू सशस्त्र क्रान्ति गर्दा हिंसा सँगै जोडिएर आउँछ भन्ने विचार व्यक्त गर्थे । नेपालको ग्रामीण भेगमा काम गरेर फर्केका अमेरिकीहरू पनि भेटिए । नेपालको लोकतान्त्रिक आन्दोलनले अहिलेसम्म पनि ग्रामीण भेगका खास समस्यालाई सम्बोधन नगरेको उनीहरूको भनाइ थियो । आन्दोलन सहरकेन्दि्रत छ र लामो समयदेखि नेपालको राजनीतिक, आर्थिक र सामाजिक क्षेत्रमा प्रभाव भएको वर्गको हितमा छ भन्ने निष्कर्षमा उनीहरू पुगेका रहेछन् । रोल्पाको गाउँमा सन् १९९१ मा काम गरेका एक मानवशास्त्री पनि भेटिए । उनले आन्दोलन व्यापक नहुनुमा ग्रामीण जनताका मुद्दा नसमेटिनुलाई नै मुख्य कारण मानेका रहेछन् । विसकन्सिनमा मैले एउटा सामुदायिक रेडियोमा अन्तर्वार्तामार्फत आफ्ना कुरा राख्ने मौका पाएँ । त्यसपछि सनप|mान्सिस्को गएँ । त्यहाँ युनिभर्सिटी अफ बर्कलेमा नेपाली समाजले केही नेपाली र स्थानीय अमेरिकी पत्रकारसँग छलफल कार्यक्रम राखेको थियो । अमेरिकाका स्थानीय पत्रपत्रिकामा काम गर्ने पत्रकारहरूलाई समेत यहाँको मुद्दाबारे चासो र ज्ञान भएको देख्दा नेपालप्रति अन्तर्राष्ट्रिय चासो निकै बढेको अनुभूति भयो । बर्कलेका नेपालीहरूले काङ्ग्रेस, एमालेका बैठक-महाधिवेशनलाई निकै ध्यान दिएर हेरेका रहेछन् । पार्टीहरूले लोकतान्त्रिक मुद्दालाई प्रमुखता दिने कुरा गरे पनि तिनका गतिविधिमा त्यो प्रतिविम्बित नभएको उनीहरूको गुनासो थियो । पार्टीहरूले कार्यक्रम सञ्चालन गर्दा जनतालाई केन्द्रमा राखेर नगर्ने, पार्टी र आफ्नो हित मात्रै राख्ने गरेको पाइएको उनीहरूले बताए । बर्कले विश्वविद्यालय अमेरिकी विद्यार्थीहरूको राजनीतिको केन्द्रजस्तै मानिँदो रहेछ । अमेरिकी विद्यार्थी सङ्गठनका प्रतिनिधिहरूसँग पनि भेट भयो । उनीहरूमध्ये कतिलाई नेपालबारे राम्रै जनकारी रहेछ भने कतिपय अनभिज्ञ भेटिए । बर्कलेका नेपालीहरू पनि पूर्णतः लोकतान्त्रिक गणतन्त्रको पक्ष्ामा देखिए । उनीहरूले अबको आन्दोलन कुनै सम्झौतामा टुङ्गिनु हुँदैन भन्ने विचार राखे । त्यसपछि म टेक्सास गएँ ।
Read Full Discussion Thread for this article