Posted by: shirish November 20, 2005
GAgan Thapas article about his visit to US
Login in to Rate this Post:     0       ?        
डीसीमै मैले क्रिस्टिना रोका, डोनाल्ड क्याम्प, स्यामुएल ताम्राटलगायत इन्टरनेसनल क्राइसिस ग्रुप, मानवअधिकारवादी सङ्घसंस्थाका पदाधिकारीहरूसँग भेट्ने अवसर पाएँ । नेपालका लागि अमेरिकी राजदूत जेम्स एफ मोरियार्टीको हालै जस्तो भनाइ आएको छ, त्यहाँ भेटिएको अमेरिकी संस्थापनको भनाइमा खासै भिन्नता छैन । उनीहरूसँग नेपालको वर्तमान सङ्कटबारे प्रशस्त सूचना छन् । तर, सङ्कटको चरित्र, त्यसको बहुआयामिक पक्ष र ऐतिहासिक सन्दर्भका हिसाबले उनीहरूको बुझाइ गलत छ । त्यसकारण तिनको निष्कर्ष पनि गलत छ । उनीहरूले माओवादीको पछिल्लो युद्धविरामलाई रणनीतिकै रूपमा हेरेका छन् । र, माओवादीहरू दीर्घकालीन शान्तिका लागि गम्भीर छैनन् भन्ने बुझाइमै अड्केका छन् । उनीहरू लोकतान्त्रिक आन्दोलनप्रति समर्थन गर्छन् र शाही सेनाले गरेका मानवअधिकार उल्लङ्घनका घटनाप्रति चिन्तित छन् । तर, सङ्कटबाट पार पाउन हामीले भन्ने गरेको लोकतान्त्रिक गणतन्त्रको विषयमा असहमत छन् । यसबारे हामीले नै उनीहरूलाई प्रस्ट पार्न नसकेको हो कि भन्ने लाग्यो । अमेरिकी अधिकारीहरूसँगको भेटघाटमा मैले हामीजस्ता नेपाली युवापुस्ताको सोच राख्न पाएँ । किन हामीले लोकतान्त्रिक गणतन्त्रको परिकल्पना गर्?याँै ? यो किन आवश्यक छ ? भन्ने बताएँ । कम्तीमा हाम्रा कुरा उनीहरूसम्म पुर्?याउन पाउनुलाई मैले उपलब्धिमूलक नै ठानेको छु । डीसीको कार्यक्रमपछि म बोस्टन गएँ । त्यहाँको छोटो बसाइमा ग्रेटर बोस्टन नेप्लिज कम्युनिटी भन्ने संस्थाले हार्वर्ड युनिभर्सिटीमा छलफल कार्यक्रम राख्यो । यसमा नेपाली विद्यार्थी, विभिन्न पेसाकर्मी र नेपालप्रति चासो राख्ने केही अमेरिकीहरूको पनि सहभागिता थियो । त्यहाँ भेटिएका नेपाली युवाहरू पनि राजाको कदमसँग कुनै कोणबाट पनि सहमत रहेनछन् । माओवादी जे-जस्तो भए पनि त्यो जनताबाट उठेको शक्ति हो, त्यहाँ सुधारको सम्भावना छ र त्यसका निम्ति प्रयत्न गर्नुपर्छ भन्ने विचार राख्नेहरू त्यहाँ भेटिए । उनीहरू यस्तो विचार राख्दा माओवादीहरूको हिंसात्मक गतिविधिको विरोध गर्न भने चुक्दैनथे । हिंसात्मक गतिविधिकै कारण पार्टी र माओवादीबीच सम्भावित सहकार्यमा अड्चन आउँछ कि भनी आशङ्का गर्नेहरू पनि भेटिए । बोस्टनपछि एटलान्टा गएँ । त्यहाँ औपचारिक कार्यक्रम त थिएन तर अनौपचारिक हिसाबले धेरै नेपालीसँग छलफल भयो । विषय यसअघिका जस्तै रहे । एउटा रमाइलो र प्रेरक कुरा के रह्यो भने, त्यहाँका नेपालीहरू प्रजातान्त्रिक आन्दोलनका विषयमा छलफल गरेर दैनिक दुई-तीन घण्टा खर्चिंदा रहेछन् । इन्टरनेटमार्फत छलफल गर्ने समूह बनाएर राजनीतिक सङ्कट समाधानका निष्कर्षसमेत निकाल्दा रहेछन् । तिनले खर्चेको समयलाई हामीले समन्वय गरेर प्रयोग गर्न नसकेको अनुभूति भयो । एटलान्टाबाट मेरो यात्रा अर्को सहर विसकन्सिनतर्फ बढ्यो । सौभाग्य ! त्यहाँ दक्षिण एसियालीस्तरको सम्मेलन भइरहेको रहेछ । नेपालबारे जानकार प्राज्ञहरू सहभागी रहेको सो सम्मेलनले राजाको 'माघ १९' को कदमको विरोध गर्दै प्रजातन्त्र र्फकनुपर्छ भन्ने माग गर्?यो । नेपालबारे त्यहाँ थुप्रै कार्यपत्रहरू प्रस्तुत भएका थिए । म कार्यक्रमको अन्तिम सत्रमा भाग लिन पुगेको थिएँ । भारतका पूर्वजर्नेल अशोक मेहतादेखि नेपाल मामिलामा चासो राख्ने विदेशी विशेषज्ञहरूको ठूलो जमघट थियो ।
Read Full Discussion Thread for this article