Posted by: nepalean November 18, 2005
GAMBLING IN DELHI
Login in to Rate this Post:     0       ?        
The gambling went this way- source:merosansar.com.np ----------------------------------------------------------------------------------------------- २०६२ मं?सिर ३ शुक्रबार दिल्ली बैठकको कुराले काठमाडौंको राजनीति एकाएक तातेको छ। जनतालाई अन्धकारमा राखेर छिमेकी देश भारतको राजधानीमा नेपालका सबै पार्टीका नेता र विदेशी कूटनीतिक नियोगका पदाधिकारीहरुको समेत संलग्नतामा भइरहेको सर्वपक्षीय वार्तामा राजाका समेत प्रतिनिधि रहेका छन् रे। राजाले प्रभाकर शमशेर राणालाई आफ्नो प्रतिनिधि बनाएर त्यता पठाएको भन्ने सुनिएको छ। अब तपाईँ भन्नुहोला, डिस्को कान्डमा आफ्ना छोरालाई मरणासन्न हुने गरी कुटिएपछि राजा र प्रभाकर शमशेरको सम्बन्ध बिग्रिएको हैन र ? हो पक्कै हो, तर पछिल्ला दिनमा राजा आफै प्रभाकर शमशेरको घरमा गएर सम्बन्ध सुधारिसकेको कुरा पनि हामीले पत्रपत्रिकामा पढेकै हौं। सुनिएको कुरा चाहिँ के हो भने अमेरिकी राजदूत जेम्स एफ मोरियार्टी जुन विमान चढेर अस्ति दिल्ली जानुभएको थियो, त्यही विमानमा प्रभाकर शमशेर पनि थिए। उनले त्यहाँको ?गोलमेच बैठक?मा राजाको सन्देश सुनाएका थिए रे। राजाको सन्देशमा निम्न कुरा थिए रे- -विघटित प्रतिनिधि सभा पुनर्स्थापना गर्ने। -उक्त प्रतिनिधि सभाले माअ?ोवादीसमेतको सहमति लिएर संविधान संशोधन गर्ने। -तर, संविधान संशोधन गर्ने बेलामा राजाको अधिकार तलमाथि गर्न पाइँदैन। भन्नलाई सात दलको आन्दोलन भने पनि आन्दोलनको की फ्याक्टरको रुपमा रहेको नेपाली काँग्रेस र यसका सभापति गिरिजाप्रसाद कोइराला प्रतिनिधि सभा पुनर्स्थापनको पक्षमा लामो समयदेखि हुनुहुन्छ। अहिले आएर संविधान सभाको माग गर्न थालेको भए पनि त्यही अडानमा काँग्रेस कायम हुन्छ भन्नेमा धेरैलाई शंका छ। त्यसैले काँग्रेसका लागि राजाको प्रस्ताव स्वीकारयोग्य जस्तो देखिएको छ। संवैधानिक राजतन्त्रको त काँग्रेस जन्मजात समर्थक नै हो। भलै ?घुर्की देखाउन? उसले पछिल्लो महाधिवेशनमा राजतन्त्र निरपेक्ष रहने निर्णय पारित गरेको होस्। तर राजाको प्रस्तावलाई माअ?ोवादीले भने ठाडै अस्वीकार गरेको बुझिएको छ। माअ?ोवादी प्रतिनिधिहरुले भने प्रतिनिधि सभाको पुनर्स्थापना अहिलेको अवस्थामा सान्दर्भिक नभएको भन्दै संविधानसभाको नै निर्वाचन हुनुपर्ने अडान राखेको रे। अब यो दिल्ली बैठकले निम्न कुरामा सहमति गर्दैछ रे- - राजाले सुरुमा राजनीतिक पार्टीका नेताहरुलाई बोलाएर वार्ता गर्ने - वार्ताबाट दुवै पक्षलाई विश्वस्त गरेर सर्वदलीय सरकारको गठन गर्ने - यो सरकारले माअ?ोवादीसँग वार्ता गर्ने - वार्ताले संविधान सभाको निर्वाचन गर्ने - संविधान सभाबाट नयाँ संविधान बनाउने - माअ?ोवादीको हतियारको व्यवस्थापन संयुक्त राष्ट्रसंघ मार्फत गर्ने अब यो रोडम्यापलाई कार्यान्वयन गर्न कूटनीतिक समुदायका तर्फबाट राजालाई दबाब दिइने संभावना छ। भारतले सुरुमा नेपालमा संयुक्त राष्ट्रसंघको प्रवेश होस् भन्ने कुरा नचाहेको भए पनि अब नेपालको माअ?ोवादी समस्यलाई आफूले मात्रै ह्याण्डेल गर्न सक्ने स्थिति नदेखिए पछि त्यसका लागि राजी भएको बुझिएको छ। यदि माथि उल्लेख गरिए अनुरुप नै भयो भने अब चाहिँ नेपालमा शान्तिको आशा गर्न सकिन्छ, हैन र ? तर शान्तिको यो लक्ष्य प्राप्तिका लागि अझै पनि निकै बाधा व्यवधान पार गर्नु पर्ने हुन्छ।
Read Full Discussion Thread for this article