Posted by: sajhabusaima November 18, 2005
Narahari Acharya's visit to Western Nepal (read it once and tell what you feel)
Login in to Rate this Post:     0       ?        
गाउँमा विस्तारै राजनीतिक वातावरण सिर्जना हुन लागेको छ र तीव्रताका साथ त्यहाँका जनसाधारणले त्यसको अपेक्षा गरिरहेका छन् । त्यो पूरा गर्न राजनीतिक दलका नेताहरू त्यस माहौललाई अझ परिपक्व र दहि्रलो बनाउन लाग्नुपर्छ भन्ने लाग्छ । यस घुमाइबाट मलाई धेरै खुसी लागेको एउटा पक्षचाहिँ के हो भने गाउँमा राजनीतिक चेतना बढेछ । यस अवधिमा मान्छेहरूको राजनीतिक विषयवस्तुमाथि छलफल गर्ने प्रवृत्ति विकास भएको अनुभूति भयो । भात खान जम्मा भएको ठाउँमा समेत प्रश्नहरू राख्ने तत्परता सामान्य मान्छेहरूले पनि गरेको देखियो । राजनीतिक दलप्रति गुनासो धेरै छ । र, आकर्षण र गुनासो यिनैलाई राख्नुपर्छ भन्ने पनि छ । तर, दलहरू हिँड्ने बाटोमा प्रस्ट छैनन् र उनीहरूको गन्तव्य पनि धमिलो छ । दलहरू अलमलमा छन् । त्यसकारण प्रस्ट गन्तव्य निर्धारण गरी सही बाटो तय गरेर दलहरू अगाडि बढ्नुपर्छ । सात दलले आफ्ना कतिपय दृष्टिकोणमा एकरूपता ल्याउनुपर्छ । अनि, माओवादीसँग बसेर गम्भीर कुराकानी गर्नुपर्छ । सात दलका बीचमा राज्यको पुनःसंरचनाको कुरा, संविधानसभाका कुरामा दलहरू र माओवादी मोटामोटी सहमत भएको विषयमा थप प्रस्टता जरुरी छ । त्यसकारण विषयकेन्दि्रत संवादहरू जरुरी छ । संवाद केन्द्रमा मात्रै होइन, जिल्ला र गाउँ तहसम्म जरुरी छ । त्यसो भएमा भोलिका दिनमा तल्लो तहसम्मको जनजीवनलाई शान्त बनाउन सकिन्छ । हाम्रो उद्देश्य केन्द्रमा केही कुरा मिलाएर सत्ताको बाँडफाँट गर्ने मात्रै हुनुहुँदैन । स्थानीय तहमा बस्नेहरू मिलेर बस्न सकून् भन्ने अभियान अगाडि बढाउनुपर्छ । केन्द्रको सहकार्य अल्पकालीन हो । आधारभूत सहकार्यका लागि गाउँ तहमा पनि सहकार्य हुनुपर्छ, त्यसकारण संवाद गाउँ तहसम्मै हुनुपर्छ ।
Read Full Discussion Thread for this article