Posted by: sajhabusaima November 18, 2005
Narahari Acharya's visit to Western Nepal (read it once and tell what you feel)
Login in to Rate this Post:     0       ?        
आठबीसकोटबाट आठबीसपुर आएर त्यो साँझ बसियो । भोलिपल्ट बिहानै हामी रिम्ना फक्र्यौं । बिहानको खानापछि जाजरकोटतिर लाग्यौँ । जाजरकोटमा बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्म कफ्र्यु लाग्दो रहेछ । त्यतिबेला घरभित्रै ुबन्दीु झैँ बन्नुपर्दोरहेछ । शौचालय पनि घरभित्रै छ भने ठीकै हो, नत्र घरको कम्पाउन्डमा पनि निस्कन नमिल्ने रहेछ । त्यहाँका जनतामा यसखाले पीडा देखियो भने प्रशासन त्रासमा बसेको पनि प्रस्ट अनुभूति भयो । जनताको सुविधाभन्दा आफ्नो सुरक्षालाई बढी ध्यान दिएको देखियो त्यहाँ । जाजरकोट, खलङ्गाबाट मट्टेला हुँदै हामी चौरजहारी आयौँ । त्यहाँ शानेवानिको अतिरिक्त उडान भेटियो, डबल पैसा तिरेर । तर, त्यहाँ अनौठो के रहेछ भने टिकट हामीलाई दिँदोरहेनछ । सम्पूर्ण सञ्चालन सेनाले गरेको सो उडानमा बोर्डिङ् पास पनि सग्लै फिर्ता लिइँदो रहेछ । मैले यस भ्रमणका क्रममा विकट जनजीवनलाई अझ नजिकबाट हेरेँ । त्यो देखेर फर्किंदा राजधानीमा हाम्रा समकालीनहरू माओवादीसँगको सहकार्यका विषयमा अस्वीकार गरिरहेको भेटेँ । काठमाडौँमा बसेर सहकार्य नगर्ने भन्न सजिलो छ । तर, रुकुममा त हरक्षण सहकार्य भइरहेको छ । त्यसलाई कसरी व्यवस्थित गर्ने र ठोस आधार दिने एवम् कस्तो संयन्त्र बनाउने भन्ने कुराचाहिँ विचार गर्नुपर्छ तर सहकार्य नै नगर्ने, हुँदैन भन्न यहाँ जति सजिलो छ, त्यो त्यहाँ सम्भव छैन । त्यहाँ पाइलापाइलामा सहकार्यको परिस्थिति निर्माण भइरहेको छ । बाध्यताको सहकार्यलाई आवश्यकता बनाई अहिले प्रारम्भ भएको अनुकूल परिस्थितिलाई हामीले त्यस दिशातर्फ मोड्नुपर्छ । यहाँ सिद्धान्त बनाएर, निर्देशन दिएर मात्रै पुग्दैन । एउटै गाउँ, घर जोडिएका मानिसको परिस्थितिलाई नबुझी यहाँ बसेर टीकाटिप्पणी गर्नु परिपक्वता होइन । त्यो त्यहाँको आवश्यकताले निधारण गर्ने कुरा हो ।
Read Full Discussion Thread for this article