Posted by: sajhabusaima November 18, 2005
Narahari Acharya's visit to Western Nepal (read it once and tell what you feel)
Login in to Rate this Post:     0       ?        
गराइलामा बास बसेपछि अर्को दिन बिहान जाजरकोट र रुकुमको सिमाना, जसलाई रिम्ना भनिन्छ, त्यहाँ बिहानको खाना खाइयो । त्यही दिन बेलुकी ७ बजे आठबीसकोट, राडीज्युलामा पुगियो । केही साथीहरू त्यहाँ अगाडि नै पुग्नुभएको थियो । एमालेका साथीहरू पनि थिए । भोलिपल्ट एमाले, काङ्ग्रेसका कार्यकर्ताका अतिरिक्त माओवादीका ुप्रादेशिक सत्ताु का पदाधिकारीसँग पनि कुराकानी भयो । मैले माओवादीको प्रादेशिक संरचनाबारे जिज्ञासा राखेँ । तपाईंहरूले प्रादेशिक संरचना कसरी बनाउन खोज्नुभएको छ रु त्यसलाई के-कस्ता अधिकार दिनेबारे सोच्नुभएको छ रु केन्द्रसँग कति अधिकार रहन्छ रु प्रदेशमा कति रहन्छ रु आदि प्रश्नहरू सोधियो । उनीहरूले यसबारे आफूहरू पनि छलफल र अध्ययनकै क्रममा रहेको बताए । माओवादीले प्रदेशको तहबाट करहरू लगाउने अभ्यास गरिरहेका रहेछन् । पार्टी परिचालनका निमित्त प्रकारान्तरले त्यो कर भनेको चन्दा नै हो । त्यस करबाट जनस्तरमा कुनै सुविधा हुने काम गरेको भेटिएन । उनीहरूको ुसत्ताु ले बनाएको एउटा पुल हामीले पनि तर्‍यौँ । एउटा फड्के बनाएका रहेछन् । जुन स्तरमा कर भनेर पैसा उठाइएको छ, त्यस अनुपातमा विकासका काम गरेको देखिँदैन । हामी हिँडेको बाटोबाट केही माथि डाँडामा कृषि र्फमहरू बनाइएको र सामूहिक खेतीको अभ्यासका कुरा सुनियो । त्यो आफ्नै कार्यकर्तालाई उपयोग हुने गरी राखिएकोजस्तो थियो । भेरी-कणर्ाली एफएम सञ्चालन गरिरहेको चर्चा पनि सुनियो । तर, हाम्रो रेडियोले त्यो प्रसारण टिपेन । आठबीसकोट, राडीज्युलामा कार्यकर्ता भेटघाटका अतिरिक्त आमसभा पनि थियो । गराइलामा भन्दा बढी जनसमुदाय त्यहाँको सभामा उपस्थित थिए । चार हजारको हाराहारीमा जनसमुदाय थिए । जबकि गराइलाको सभामा एक हजार पाँच सयजति मात्रै थिए । १० दिने मध्यपश्चिमको भ्रमणका क्रममा मैले काङ्ग्रेसी कार्यकर्तामा अझै पनि त्रास बाँकी रहेको देखेँ । एमालेले चाहिँ केही अगाडिदेखि नै गाउँगाउँमा कार्यक्रम गरिरहेको रहेछ । तुलनात्मक हिसाबले अहिले मध्यपश्चिमका जिल्लामा एमालेको सक्रियता बढी रहेछ । समग्रमा राजनीतिक दलका कार्यकर्तामा त्राससँगसँगै त्यसबाट मुक्त हुने आशा पलाइरहेको छ । हरेक ठाउँमा एक रात मात्रै बसिएको भएर खास जनजीवनका पीडा, कष्ट र सुखद पक्ष अध्ययन गर्न पाइएन । तर, बन्दुकले सिर्जना गरेको त्रासदीमा जनसाधारण बाँचेको अनुभूतिचाहिँ हुन्थ्यो । जहाँ शाही सेनाको उपस्थिति छ, त्यहाँ नियन्त्रण बढी छ । सेना नभएको ठाउँमा माओवादीको धम्की, उर्दीको पीडा जनताले खेप्नुपरेको छ । गाउँको आर्थिक गतिविधि शून्य भएको कुराचाहिँ स्थानीय जनतासँगको कुराकानीका क्रममा थाहा भयो । आवतजावतमा आएको कमीले गर्दा पहाडी भेगका व्यापारिक केन्द्रहरूको व्यापार ओरालो लागेको उनीहरूले सुनाए ।
Read Full Discussion Thread for this article