Posted by: sajhabusaima November 18, 2005
Narahari Acharya's visit to Western Nepal (read it once and tell what you feel)
Login in to Rate this Post:     0       ?        
कात्तिक १० गते बिहान रुकुमको खलङ्गास्थित पार्टी कार्यालय पुग्यौँ । त्यहाँ करिब दुई घण्टा स्थानीय कार्यकर्तासँग छलफल, भेटघाट र जिल्लाको वस्तुस्थिति बुझ्ने काम भयो । त्यसै दिन रुकुमको गराइलामा सात दलको संयुक्त आमसभा थियो । त्यस कार्यक्रममा जाने उद्देश्यले रुकुमको खलङ्गाबाट ११ बजे हिँडियो । बाटोमा गस्तीबाट फर्किरहेको शाही सेनाको लस्कर भेटियो । उनीहरू आमसभा हुने स्थलसम्म गस्तीका लागि गएका रहेछन् । बाटो साँघुरो थियो । र्फकंदै गरेका सेनाले पछि हिँडेका हाम्रा केही साथीलाई ुत्यहाँ त आठ दलकै कार्यक्रम भन्ने सुनिन्छ नि, के हो रुु भनेर सोधेछन् । कार्यक्रमस्थल पुगेपछि थाहा भयो, सैन्य गस्तीका कारण जनताको उपस्थितिमा केही कठिनाइ भएछ । ुमाओवादी पनि आउने भएकाले गोली पनि चल्न सक्छु भन्दै उनीहरूले सभामा माओवादीको सम्भावित उपस्थितिलाई रोकेको स्थानीयवासीले बताए । सात दलको भने पनि त्यो काङ्ग्रेस र एमालेको संयुक्त सभा थियो । नेपाली काङ्ग्रेस प्रजातान्त्रिकको स्थानीय नेतृत्वको पनि उपस्थिति थियो । एमालेका राप्ती अञ्चल इञ्चार्ज प्रकाश ज्वाला पनि त्यहाँ हुनुहुन्थ्यो । माओवादीका प्रतिनिधिहरू पनि थिए । कार्यक्रम चल्दै गर्दा उनीहरूले लिखित प्रश्न राखे र आफूहरूले पनि मञ्च पाउनुपर्ने माग गरे । मञ्चबाट बोल्नचाहिँ हामीले दिएनौँ । उनीहरूका प्रश्नको जवाफ भने दियाँै । माओवादीहरूको मुख्य भनाइ ुअब नयाँ ढङ्गले मिलेर अगाडि बढ्नुपर्छु भन्ने थियो । ुपुराना कुरा कोट्याउँदा पारस्परिक रूपले सहयोग गरेर अगाडि बढ्नलाई कठिन हुन्छ, आलोचनाका कुरा रोक्नुपर्छु भन्ने उनीहरूको आग्रह थियो । किनभने, हामीले आमसभामा बोल्ने क्रममा माओवादी क्रियाकलापको आलोचना पनि गरेका थियौँ । राजनीतिक रूपले एउटा उद्देश्यमा मिलेर अगाडि बढ्नुपर्छ र उनीहरूले पनि हत्याहिंसाको बाटो छाडेर राजनीतिक बाटो हिँडेमा सहकार्यको सम्भावनालाई नजिक्याउँछ भनेर मैले भनेको थिएँ । रुकुममा माओवादीले हत्या गरेका ५० जनामध्ये ४२ त काङ्ग्रेसी नै थिए । तैपनि, हामी त्यही आधारमा मात्रै प्रतिशोधको भावना राख्दैनौँ । तर, ती घटना किन भए रु त्यसका कारण के थिए भन्ने खोजीनीतिको चाहनाचाहिँ रहन्छ । त्यसकारण यसलाई आलोचना गरेको भन्ने मात्र बुझाइ नहोस् भनेर उनीहरूलाई भनेँ । सोही रात त्यही ठाउँमा माओवादीका स्थानीय नेता र हाम्रा साथीहरूबीच छलफल भयो । एक प्रकारको राजनीतिक परिस्थिति निर्माण हुन लागेको सङ्केत त्यसबाट मैले पाएँ । यसलाई कति दह्रो, टिकाउ बनाउन सकिन्छ, त्यो त आगामी दिनमा सबैका तर्फबाट हुने प्रयत्नले निर्धारण गर्नेछ ।गाउँमा दलका साङ्गठनिक आधार पहिलेजस्तै बनाउने कुराचाहिँ चुनौतीपूर्ण हुनसक्छन् । एकलौटी रूपमा आफू मात्रै रहेको ठाउँमा दलहरू गएर आफ्नै किसिमले गतिविधि गर्न खोज्दा माओवादीमा प्रतिस्पर्धाको भावना आउनसक्छ । हतियार भएको समूह भएकाले चुनौती नभएको होइन । तर, जुनबेला कठिनाइ आउँछ, त्यसबेला त्यही प्रकारको निराकरणको संयन्त्र बन्न जरुरी हुन्छ । त्यसकारण माओवादीसँग संवाद जरुरी छ, सहकार्यचाहिँ आवश्यक ।continue.....
Read Full Discussion Thread for this article