Posted by: sajhabusaima November 18, 2005
Narahari Acharya's visit to Western Nepal (read it once and tell what you feel)
Login in to Rate this Post:     0       ?        
गाउँ तहसम्मै हुनुपर्छ संवाद राजतन्त्रलाई हेर्ने दृष्टिकोणमा केही अपूर्णता र अस्पष्टता भए पनि नेपाली काङ्ग्रेसले ६० वर्षे इतिहासमा पहिलोपटक विधानबाट संवैधानिक राजतन्त्र हटाएर ऐतिहासिक निर्णयतर्फ आफूलाई अभिमुख गरायो । नेकपा एमालेले पनि आन्दोलनको गन्तव्य लोकतान्त्रिक गणतन्त्र हुनुपर्छ भन्ने कुरालाई नाराकै रूपमा ल्यायो । यिनै निर्णयहरूलाई सिरान हालेर नेकपा माओवादीले एकतर्फी युद्धविराम र दलहरूसँग संवादमार्फत लोकतान्त्रिक गणतन्त्रका लागि सहकार्यको खोजी गर्ने प्रतिवद्धता जनायो । र, त्यही बेला निरङ्कुशता र हुकुमी शासनलाई निरन्तरता दिँदै खटनबमोजिमको निर्वाचन गर्ने निर्णय राजा ज्ञानेन्द्रबाट आयो । यस्ता राजनीतिक गतिविधिले मुलुकमा नयाँ माहौल बनिरहेको र युद्धविराम भइरहेका बेला गाउँको वस्तुस्थिति अनुगमन गर्न प्रेरित भइरहेका थिए । एमालेले गाउँमा राजनीति पुर्‍याउने केही कार्यक्रम गरिसकेको र काङ्ग्रेसले त्यसखाले कार्यक्रमहरूको योजना गर्दै गरेको पृष्ठभूमिमा मैले गाउँ घुम्ने सोच बनाएँ । माओवादी अतिप्रभावित मानिएको मध्यपश्चिमका जनताको भोगाइ नजिकबाट नियाल्ने मनसायले हामी अर्थात् गौरीप्रसाद दवाडी, परशुराम पोखरेल, मुक्ति आचार्य, कृष्ण केसी र रामचन्द्र घिमिरे सल्यान, जाजरकोट र रुकुम घुम्न कात्तिक ६ गते निस्क्यौँ । कात्तिक ६ गते काठमाडौँबाट बसबाट सुरुमा दाङ गइयो । सार्वजनिक बसहरूका यात्रामा धेरै ठाउँमा सुरक्षाजाँच गरिन्छ र यात्रु हैरान हुन्छन् र अझ दाङ पुग्न त २७ ठाउँमा ओरालिन्छ भन्ने सुनेको थिएँ । त्यसको अनुभूति लिन हामीले बसबाटै यात्रा गर्ने निधो गर्‍यौँ । युद्धविराम र तिहारको बेला भएकाले होला, सात ठाउँमा मात्रै ओरालियो । भोलिपल्ट स्थानीय बसबाटै सल्यान गइयो । सदरमुकाममा पार्टीका कार्यकर्ताहरूसँग भेटघाट र केही अनौपचारिक छलफल गरेपछि फेरि बसबाटै अगाडि बढियो । सल्यानबाट नेविसङ्घका जिल्ला अध्यक्ष्ा, रुकुमबाट हामीलाई लिन आएका खड्ग डाँगी र गोपाल भण्डारी त्यहीँदेखि नै हाम्रा सहयात्री भए । सल्यानको कालीखेतसम्म बसले साथ दियो । त्यहाँ बस बिगि्रएपछि सुरु भयो हाम्रो पैदलयात्रा । त्यस दिन खरिबोटमा बास बसियो । भोलिपल्ट बिहानै फेरि हिँडाइ सुरु भयो । खारा पुगेर बिहानको खाना खाइयो । खाराको सत्तिपोले भन्ने ठाउँ, जहाँ शाही सेनाको व्यारेक पनि रहेछ, त्यहाँनजिकै काङ्ग्रेसका कार्यकर्ता वीरबहादुर वलीको घर गइयो । कुनै बेला माओवादीले उहाँको घर कब्जामा लिएका थिए । अहिले भने छोडिसकेका रहेछन् । त्यही दिन हिँडेर रातको ८ बजे हामी रुकुमको खलङ्गाभन्दा केही मुनिको गाउँमा पुगियो । खलङ्गामा साँझ ७ बजेदेखि नै कर्फ्यु लाग्ने भएकाले राती जान सम्भव थिएन । continue........
Read Full Discussion Thread for this article