Posted by: nepalean November 16, 2005
GAMBLING IN DELHI
Login in to Rate this Post:     0       ?        
ओली र नेपाल फेरी भारतमा Filed under: शहरमा जसको चर्चा छ माओवादी र नेकपा एमालेविच भएको सम्झौताको कार्यकर्ताले तिब्र् विरोध गरिरहेको समयमा नेकपा एमालेका महासचिव माधवकुमार नेपाल र अर्का नेता केपी ओली अकस्मात भारत भारत भ्रमणमा गएका छन् । तीन हप्ता लामो भारत भ्रमण सकेर नेपाल गत शनिवार मात्र नेपाल आएका थिए । नेपालका लागि भारतिय राजदुतसंगका् विशेष वार्तापछि कस्मिक एयरको विमानवाट एकाएक भारतका लागि प्रस्तान गरेका हुन् । हालै भारत भ्रमणको क्रममा एमालेको कार्यबाहक महासचिवको जिम्मेवारी पाएका बामदेव गौतमको एक टोलिले रोल्पामा माओवादीका अध्यक्ष प्रचण्ड सहितको टोलिसंग गरेको छ बुंदे सम्झौता विवादको घेरामा नै रहेको छ । यसै समयमा एकाएक पार्टीका वरिष्ठ नेताहरु भारत भ्रमणमा निस्किएपछि नेपाली राजनीतिक पfmंटमा अब के हुने हो भन्ने कौतुहलको वातावरणको निर्माण भएको छ । पार्टीमा हालसम्मको चरित्रले नेता केपी ओलि दरवारपरस्त रहेको चर्चा चलिरहेको समयमा एमालेका महासचिवसंगै उनी पनि सामेल हुनुमा अर्को आशंकाको निर्माण भएको छ । एमाले जन्मजात गणतन्त्रवादी भएपनि स्वर्गिय महासचिव मदन भण्डारीको बहुदलिय जनजवादसंगै एमाले समाजवादि पार्टीको रुपमा परिवर्तन हुंदै गएको तपाइ हामीले पनि अनुभव गरेको नै हो । तर राजाले आफ्नो प्रत्यक्ष शासन गर्ने महत्वाकांक्षा अनुसार माघ १९ गतेको अलोकप्रिय कदम चालेपछि एमालेले लोकतान्त्रिक गणतन्त्रको कार्यदिशा पारित गरेर आफुलाइ कम्युनिष्ट पार्टी नै रहेको प्रमाषित गर्ने प्रयास गरेको हामीवाट लुकेको छैन । तर नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइराला स्वास्थ्य उपचारको बहानामा दिल्लिमा नै रहेको समयमा एकाएक एमालेका दुइ वरिष्ट नेता समेत दिल्लि उड्दा माओवादी र प्रजातान्त्रिकधारका दलविच ठुलै सम्झौता हुन लागेको अड्कल राजनीतिक वृतमा उठेको छ । हुन त हाम्रो सहकर्मीहरुको ब्लग नेपाल इन्फोले माओवादीद्धारा घोषित युद्धविराम भङ्ग हुने दावि सहित समाचार सम्प्रेषण गरेको छ । तर मेरो स्रोतका अनुसार अरु डेढ महिनाको लागि युद्ध विराम लम्विदै छ । यसको मुल कारण दल र माअेवादीविच चलिरहेको संवादलार्य मुर्तरुप दिने नै हो भन्ने मेरो ठम्याइ रहेको छ । तर गोर्खाको भ्रमण भेटिएका माओवादीका नेताहरु भने युद्धविरामको विपक्षमा नै रहेको थिए । तै पनि उनीहरु पनि केन्द्को निर्णयको प्रतिक्षामा नै रहेको बताएकाले एमालेका दुइ नेताको आकस्मिक दिल्लि यात्राले की राजा र दल विच कि माओवादी र दलविच एतिहासिक सम्झौता हुन लागेको पक्कै हो । Source: bnepal. blogsome. com
Read Full Discussion Thread for this article