Posted by: Nirman November 16, 2005
Please post the poems supporting 'Loktrantra'
Login in to Rate this Post:     0       ?        
नेपाली लोकतन्त्रको लागि....: :::::बिसे नगर्चीको बयान::::: मालिक ! म यो गोरखा राज्यमा अढाई सय वर्षपछि बौलाएँ । मेरो टाउको फनफनी घुमिरहेछ जमिन आकाशतिर आकाश जमिनतिर भइरहेछ आँखा तिर्मिरतिर्मिर भएर हजुरको शिर दसवटा देखिरहेछु खोइ मेरो पैताला कहाँनिर छ ? कहाँनिर छ बिसे नगर्ची ? मालिक ! म बौलाएँ । मैले त महाराजको सेवा गर्नुपर्ने इतिहासको रक्षा गर्न यो गोरखकालीको पाउ छोएर नुनको सोझो हुनुपर्ने अढाई सय वर्षपछि आज के भयो मलाई ? यो बिसेलाई दशा लाग्यो मालिक ! म बौलाएँ । नाथे मेरी स्वास्नी न हो मारिएकी नाथे मेरी छोरी न हो बलात्कृत भएकी नाथे यो बिसेको झुप्रो न हो जलाइएको यतिमै यो बिसे उप|mनुपर्ने ? थुइक्क बिसे ... । म बौलाएँ मालिक ! म बौलाएँ । मेरो हात भाँचियो अब म हजुरका भारदारहरूलाई लवेदा सिउन सक्दिनँ नर्सिङ्गा फुक्न/सनाई बजाउन अथवा कुनै मङ्गलगान वा मृत्युगीत गाउन सक्दिनँ मेरो खुट्टा भाँचियो अब म हजुरको राज्यको पहरा गर्न सक्दिनँ मेरो दिमागै ठीकमा छैन अब म ठिक्कले बोल्न सक्दिनँ मालिक ! म बौलाएँ । मालिक ! यो गोरखा राज्यअघि उभिएका हिजोका ती अग्ला अग्ला पहाडहरू आज कसरी यस्तरी होचाहोचा भए ? हिजोका ती सग्ला र कल्कलाउँदा यहाँका मानिसहरू आज कसरी यस्तरी खुनी र कुरूप भए ? यो दरौँदी किन उल्टो बगेको देख्छु ? यो दरबारै किन खण्डहरजस्तो देख्छु ? म बौलाएँ मालिक ! म बौलाएँ । मालिक ! हजुरको तरबारले टाउको काट्छ कि फूल ? भ्रममा परेँ म हजुरको बन्दुकले विचार ढाल्छ कि मान्छे ? भ्रममा परेँ म यस राज्यलाई प्रजाले बनायो कि राजाले ? भ्रममा परेँ म अढाई सय वर्षदेखि म तपाईंसमक्ष छु मालिक ! म कसरी आतङ्ककारी हुनसक्छु ? म केवल बौलाएँ मालिक ! बौलाएँ । हो, मैले मालिकको दिव्योपदेश पालन गरिनँ हुँला रक्सी खाएर यो देश मैले पनि आर्जेको हुँ भनेँ हुँला भानुभक्त बाजेको गीत र मेरो सियो बराबर हो भनेँ हुँला मैले सिएका सुकिला लुगा ओढेकाहरूलाई मेरो नाङ्गो आङ देखाएँ हुँला बौलाएपछि मैले मेरै भगवान्लाई पनि गाली गरेँ हुँला मालिक ! मान्छे बौलाएपछि आफैँसित पनि निहुँ खोज्दोरहेछ अढाई सय वर्षदेखि मैले तुनेका थाङ्नामा हुर्केका मेरा दरसन्तानहरू कहाँकहाँ पुगे ? मैले खोज्न चाहेँ हुँला मेरा औँलामा खोपिएका छ्यान्द्रा र बगेका रगतहरूले मलाई उक्सायो तरबारले आर्जेको मुलुकभन्दा मैले धागोले उनेको मुलुक विशाल ठानेँ हुँला मालिक ! यस माटोको इतिहाससँगै म हजुरको राष्ट्रमा छु म कसरी अराष्ट्रिय हुन सक्छु ? म साँच्चै बौलाएँ मालिक ! साँच्चै बौलाएँ । मेरो टाउको फनफनी घुमिरहेछ जमिन आकाशतिर आकाश जमिनतिर भइरहेछ आँखा तिर्मिरतिर्मिर भएर हजुरको शिर दसवटा देखिरहेछु खोइ मेरो पैताला कहाँनिर छ ? कहाँनिर छ बिसे नगर्ची ? मालिक ! म बौलाएँ ।
Read Full Discussion Thread for this article