Posted by: Nepe November 15, 2005
A video clip...Nepe
Login in to Rate this Post:     0       ?        
सप्पै दम्तरीहुरलाई धन्यवाद एउटै थालमा पस्कें है मैले । गजल मात्र होईन कुनै पनि विधाको कविता प्रस्तुत गर्दा पढ्न (कागज हेर्न) हुँदैन । यो प्रस्तुतिको कुरा मात्र नभएर कविको हृदयलाई कत्तिको छोएको छ उसको रचनाले भनेर देखिने कुरा पनि हो । जुन शेर कण्ठस्थ हुन गाह्रो हुन्छ, त्यो शेर शेर बनिसकेको छैन भनेर ठाने हुन्छ । मैले बेला बेलामा कागज हेरेको र केहि अड्केको तमाशा त हेरिहाल्नु भो । तैपनि माया गरेर तारीफ गरिदिनु भयो, दंग नै छु । हिन्दी उर्दु गजलका मुशायरा देख्नु सुन्नु भा छ भने देख्नु भा छ गजलको शक्ति र सौन्दर्य, मेरो यो imperfect प्रस्तुति को के कुरा र । कतै मौका पाएँ गजल सुनाउन र भिड्ड्यो खिचाम्न भने, अब मेसो पा छु, गरम्ला डाम्लोड । दम्तरीहुरले पनि मौका पर्दा खिचाम है भिड्ड्यो गजलवाचनको । __
Read Full Discussion Thread for this article