Posted by: Birkhe_Maila November 12, 2005
Know any Cinderalla Story???
Login in to Rate this Post:     0       ?        
एकादेश मा एऊटा दाउरे थियो। सधै दाउरा काटेर आफ्नो जिवन निर्वाह गर्थ्?यो । एक दिन दाउरा काट्दा काट्दा उस्को बन्चरो पानी मा खसेछ। एक मात्र जिवन निर्बाहको साधन खसेपछी दाउरे सारै चिन्तित भएछ र रुन थालेछ। उसको रोदन सुनेर जल देवटा प्रकट भएछन्? र दाउरे लाई पुरानो अनि सबैले पढेको कथा अनुसार सुन चादी सबैको बन्चरो पुरस्कार दियेछन्?। यो कुरा देश भरी सबैले थाहा पाएका रेछन। अनी एक जना अर्को दाउरे रेछ ऊ चाही आफ्नो श्रीमती सङ्ग दाउरा काट्?न गएको रेछ। दाउरा काट्दा काट्दा उसको चाही स्वास्नी पानी मा खसिछिन्?। अनि रुन कराउन थालेछ। त्यसैगरी जलदेवता प्रकट भएछन्? र ऐशोर्या राइ लियेर आएछन अनि यो तेरो बुढी हो भनेर सोधेछन्?, हैन प्रभु भनेर दाउरे ले भनेछ। अनि जलदेवता ले सुस्मिता सेन लिएर यो हो त तेरो बुढी भनेर सोधेछन्?। हैन प्रभु भन्ने जवाफ पाए पछी जलदेवताले उसको आफ्नै बुढी लिएर आएछन्? अनि दाउरे ले हो प्रभू भनेछ...जलदेवता खुसि भएर तिन जना नै दाउरे लाई दिएछन्?। यो कुरा पनि देश भरी फैलिएछ। फेरि एक जना दाउरे रेछ, उस्को बुढी सारै राम्री चिटिक्क परेकी... तर पनि नजिक को तिर्थ हेला भनेझै दाउरे लाई बुढी पुगिसकेको रेछ। ऐशोर्या राइ अनि सुस्मिता सेन पाउने आशा मा दाउरे दाउरा काट्न गएछ बुढी लिएर। अनि जानी जानी बुढी लाई पोखरि मा खसाल्देछ। अनि जलदेवता च्वाक लिएर आउछन भनेर कुरेर बसेछ। तर जलदेवता अहिले आउछन छैन भरे आउछन छैन। सार्है राम्री दाउरेको बुढी पाएर जल देवता नै टाप कसेछन्?। दाउरे ले लोभ ले गर्दा भएको बुढी पनि गुमाएछ।
Read Full Discussion Thread for this article