Posted by: shree5 November 11, 2005
CHAUTARI - III
Login in to Rate this Post:     0       ?        
खास कुरो त के भओ भनि बिर्खे जिम्मालले आज चईनी उही देउराली सिखरेट झै मानेचन केरे, स्वाँट्ट-स्वाँट्ट पारेर एउ चिलीम जम्मै ताने सुरुमै । बुढा त "हैन, चईनी परभु शिबजीले खानी कुरो भन्चन, मलाई त खोई कासो (खोकी) पुनि लाएन है, यस्ताले त के लाग्ला र ?" भन्दै सप्पै तानेर सके केरे । त्याँसी त इउ छिन पछि त 'खोई, खोलो काँ छ ?" भन्चन बा । मैले "क्यार्नी हो र खोलाँ, क्यार्न चाईयो तपैलाई खोलो " भनेको त तिर्खा लागो अरे । त्याँसी जमुनिले एक हतहरो (सानो गाग्री) भोरि पानी ल्याएर दिई, बुढाले पानी खाए, मुख सुख पुनि धोए, त्याँसी तेही आँगनको डिलमा सिरानी हालेर पल्टे केरे । जिम्मालले त "अरु पुनि पानी लेउ बुहारी" भन्न थाले । तेसो भासि अरु बेला पुनि पानी चाईन्च, अहिले लगभग सकिईसकेको रैच भनेर जमुनि चईनी डोको र गाग्री बोकेर पानी लिन पँधेरा तिर लागी । मैले एउटा गुन्द्रो दछ्याईदिन (विछ्याउन) परो, जे भा पुनि भुईमा त सुते बुढा, फेरि चईनी कमिला समिला ले टोक्लान भनेर घर भित्र गुन्द्री खोज्न गएँ केरे । तेति खेर सम्मन त गाँजाले मलाई पुनि अलि अलि घुमाईसकेच केरे । भएको के थियो भने लगभग दुई साता अगाडि मेरो भुल्ली बाख्रो ब्याएर दुईटा लोर्के पाठा पाएको थियो । अब बाख्रका पाठा त अलिक ठुला नहुन्जेल डोकाले थुनेर घर भित्रै राख्नी चलन हुन्च केरे, अब बाहिर राखे सुरक्षा नहुनी केरे तीनको । फेरि घर भित्रै राख्दा भने भुईको चिसो लाग्ला भनेर एउटा थोत्रो गुन्द्री दछ्याएर मैले पुनि डोकाले थुनेर राख्ने गरेको थिएँ । रातिमा थुन्ने गर्थेँ, दिउसोमा खोलिदिएको पाठाहुर तेतै आँगन तिर चरि रहेका थिए । चईनी गाँजाको सुरमा मैले तेही पाठाले बस्नी गरेको, तीनले चईनी दिसापिसाप अरेको गुन्द्री लगेर जिम्माललाई दछ्याईदिएछु केरे । जिम्मालले पानीले मुख सुख धोएका केरे, तेहाँ त सबै चीज सबै थोक सबै घुर-फोहोर चईनी पानीमा मिसिएर, ढाडिएर चईनी हिलो भएर जिम्मालको लुगा कपडा भोरि लागेछ केरे । अब जिम्माल बुढा त जता गए पुनि चईनी बाख्रो बाख्रो जस्तो चईनी बोका बोका जस्तो गनाम्मी (गन्ध आउने) पो भएछन केरे । जमुनि पँधेराबाट पानी लिएर आए पछि पो त मलाई पुनि थाहा भओ त । जमुनिले मलाई त हुक्न सम्म हुकी (गाली गरी) । "चईनी जिम्मालनीले के भन्लिन अब, जिम्माल बुढा मत्रै हो र तिनले लाको लुगा पुनि पुरै बोका गनाम्च, कम्तीमा पुनि गुन्द्रो कस्तो हो भनेर त हेर्न पर्च केरे नि " भनेर मलाई अर्न सम्म गाली अरि । तेसो भासि चईनी यतिकै राखे त मलाई जिम्माल-जिम्मालनीले मार्चन भनेर मैले पुनि बुढालाई उठाएर चईनी लौरो टेकाएर चौतारीमा लगेर तेही सुताईदिएँ । त्याँसी गोताएँलाई भनेर जिम्माल नबिउँझन्जेल चईनी यीनको हेरबिचार गर, समाखान गर भनेर भन्न गाको त गोताएँलाई पुनि भेटिन । तेसो भासि मैले आफैले बिरामी मुन्छे कुरे झै कुरेर छ यही चौतारीमै बसि राको छु केरे, जिम्माल बुढा चईनी मुढो पल्टे झै पल्टिईराखेका छन यही छापाको चौतारीमा । Keep rolling...
Read Full Discussion Thread for this article