Posted by: nepalean November 11, 2005
Login in to Rate this Post:
0
?
जिम्माल बुढा हिजोको गाजाको तालले आज ढिलो ऊठे। पधेरा गर सुचि निचि अरिवरि जिम्माल माइलि भैसीलाइ कुडो पकाउदै थिइन ।जिम्माल बुढा बुढि सग चुइक्क पनि नबोलि दिशा जादा पानि लाने टोकारि आगनको डिलमा घोप्टो पारेर सिरेको घर तिर ऊकालो लागे ।जिम्माल माइलाले जिम्माल्नी को रिस बेहोरेको ३० बर्ष भइसक्यो। कता दिउसै लगोटि तानिदिने हो माइलिले, बुढा दाइने हातले लगोटि र देब्रे हातले देउराली चुरोट तान्दै कटेरोको छेल पर्दै हराए। फोहोरि बुढा, तेइ हातले चाक धुन्चन, तेइ हातले चुरोट सामउचन । त्यो थाहा छ सिरेलाइ, तेसो भर बुढालाइ चिलिम मोल्न कइले पनि दिन्न । तर तान्ने बेलामा बुढाले तेइ देउरे हातले तान्चन । तेसबेला सिरि गाजा लार हो कि के हो, थाहा नपाए झै अर्च । यसो सिरेको तरोमा के पुगेका थिए भौ अर्दै लुते कुकुर बुढातिर आइपुग्यो । जिउ भरि लुतो भए पनि माइलाले सारै माया मान्चन लुतेलाइ। रोटेपानि टारि देखि जुकेपानि टारि सम्मका लाखु धपाउने तेइ लुते मात्र हो । आइजा मोरा, जिम्माल बुढाले लुतेलाइ सुमसुमाए। तरो खोलेर बुढा छिर्न लाग्दा लुते सिरेको आगनमा पुगिसकेको थियो । सिरे लुतेलाइ देख्ने बितिकै एक ढुङ्गो दियो, लुते कुइ अर्दै बुढातिर लाग्यो । तेइ बेलामा दिइहाले बुढाले सिरेलाइ लाठि चार्ज । कसो बेसिथाने आइपुगे नत्र सिरेको के हाल हुन्थयो । एकछिन पछि त सिरेले फकाइहाल्यो नि बुढालाइ । अनि त के २ सम्धि जस्तै गाजाको सुरमा गफ चुट्न थालि हाले नि । बिचारा जिम्माल बुढा भरे त जिम्मालनि ले लगौटि छोड्ने भइनान चु चू चु।