Posted by: Nepe November 11, 2005
Young Devkota
Login in to Rate this Post:     0       ?        
लाहुरेज्यू, नि:सन्देह एक "विराट प्रतिभा" कै प्रतिमा हो र प्रशस्ति कविको उर्वर कल्पना मात्रै नि:सन्देह होईन, यद्यपि सितारा शिष्टतावश यसलाई आफु "माध्यम" मात्रै भएको दावी गर्छिन् । अंग्रेजी अनुवादको लागि त म स्वयं लालायित छु । अनुवाद मेरो किल्ला हुँदै होईन र झन् अंग्रेजी त मेरो त्रासदी भन्दा हुन्छ । अंग्रेजी र अनुवादको कुरा गर्दा मेरो एउटा एक मात्र अंग्रेजी कविता र आफैले धृष्टता गरेको भावानुवाद याद आउँछ । यो यहिं कतै कुनै थ्रेडहरुमा छन् । खोज्नको आलस्यले भन्दा बेसी पुन: प्रचार गर्ने लोभले यहाँ टाँस्दैछु । कविता नै त के भनम्, यो जीवनको कुनै असंगत क्षणको वास्तविक सम्वाद थियो र करिब सात वर्ष अघि मेरो विश्वविद्यालयको विद्यार्थी पत्रिकामा प्रकाशित गर्ने छुद्रता समेत गरेको थिएँ । Your Blank Message Not like a night With pre-positioned stars and moon Or with the sun borne sky Sometime at the noon It was rather like a dawning sky Fresh, clear, silent and quiet Or tranquil, relaxing, waiting For something- like a twilight A calm sea in the morning A gentle breeze can pass by any moment Or how about that garden Where bloomed only the scent It is a picture from an empty canvas Some reasons had to make it invisible Left to be touched by a dream's eye And to be hanged on a heart's isle It is a No with no 'No' It is a Yes with no 'Yes' It is an end without end It is a beginning without a preface It is a silence that has swallowed a thousand sounds ! Beloved you I found a thousand words In your blank message All I had to do was To stop trying to apprehend and To be content with Just feeling them Thank you ! तिमीले पठाएको रित्तो चिठी तिमीले पठाएको रित्तो चिठी रित्तो थिएन हो, त्यो नाङ्लोमा थपक थपक हालिएको मस्यौरा जस्तै आकाशको पूर्वनिर्धारित स्थानमा थपक्क बसेका जून र ताराहरु बोकेको रात जस्तो थिएन न त सूर्यलाई कदरखुट्टी बोकेर सकि नसकि हिंडीरहेको दिन जस्तो त्यो त बरु मिर्मिरे जस्तो थियो शान्त, ताजा र सिनित्त सफा वा सन्ध्याकाल जस्तो प्रशान्त विश्रामरत र कसैको आगमनको प्रतिक्षारत अथवा मानौं बिहानको शान्त फेवा हावाको एक फाँको सट्ट आईदिन के बेर अथवा दन्त्यकथाको त्यो बगैचा जहाँ अदृश्य फूलहरु फूल्दथे सुगन्ध भएर क्यानभासको त्यो चित्र जुन कुनै आकस्मिक वाध्यतामा हतार हतार मेट्न परेको थियो यो शिघ्र विश्वासमा कि उसका सपना-आँखाले त देखिहाल्छ नि उसका हृदय-ईजेलले त टाँगिहाल्छ नि यो "न" नभएको नाई यो "हो" नभएको स्वीकार यो समापन बिनाको अन्त्य यो भूमिका नभएको शुरुवात तिमीले पठाएको रित्तो चिठी सहस्र आवाजहरुलाई निलेर बसेको मौनता प्रियतम ! तिम्रो चिठीलाई अर्थ्याउने प्रयासलाई विश्राम दिएर केवल त्यसको अनुभूतिमा जब रम्दै गएँ तिम्रो कस्सम तिम्रो रित्तो चिठीमा हजारौं हजार अक्षरहरु देखें र धन्य भएँ । ___
Read Full Discussion Thread for this article