Posted by: Poonte November 10, 2005
Lute files Bankruptcy:(
Login in to Rate this Post:     0       ?        
भेट्टाएँ, भेट्टाएँ!!!!!!!!!!!!!! लुतीलाई भेट्टाएँ!!!!!!!!!!!!!! कठै, बिचरी! ज्यान सुकेर हट्टी र छाला उस्तै?पेट चईं घ्याम्पै जत्रो। "लुते मुरदारले पेट बोकाईदो अनि फेरि उस्को हुँदै होईन भनेर मलाई लुछ्न थाल्यो। अब म नि कूकुर्नी, हुन त जो आयो तेईसँग लसपस गर्थें, तर यो त लुते कै हो, मरिजाम, ल! लुते अगाडी प-यो कि, 'ए, बा! ए, बा!!' भन्दै पेट भित्रै उफ्रन्थ्यो यो बच्चो। भुकाई नि तेई लुते कै जस्तो थियो, ल! पुन्टे दाईको धोबिनीको च्यात्तेकै पेटिकोटको कस्सम्!" भनेर उजुरी हाली। अब मेरी धोबिनी कै च्यात्त्या पेटिकोटको कसम खाएसी त पत्त्याउनै प-यो! लुछ्न सम्म लुछेछ लुते पाखण्डीले बिचरीलाई -- रौं एउटा बाँकी थिएन। कान नि बट्टारिउन्जेल निमोठ्यो रे। ठाम् ठाम मा त टोकेको डाम नि देखें। लुते मुरदारले अरुलाई त के सक्थ्यो, लुती बिचरीलाई नुहारन देखिको बल निकालेर फलामको ढुँग्रोले नि बजायो रे। "उसैको ढुँग्रोले बजाउन्जेल त मलाई नि मज्जै आ'थ्यो, तर फलामको ढुँग्रोले बजाउँदा त ढाडै बाङ्ग्यो," भनेर गुनासो गर्दै थि। के गरोस्, अनि बिचरी? त्यो बज्जेको भए भरको सुका जति सबै लुटेर भागेकि रे। मेरो पाल नजिकै को "कूकुर नारी सेवा समिति"मा भर्ना गर्देछु अहिलेलाई। समितिको कूकुर्नी माऊले चाँडै नै लुते माथि कारवाही गर्न "कूकुर न्याय समिति"मा उजुरी हाल्न मद्दत गर्छु भनेकी छे। अहिलेलाई त्यो पेटको जुनियर लुते ब्याउन चईं "कूकुर कल्याण कोष"ले "कूकुर प्रशुती गृह"को खर्च बेहोर्ने भएको छ। तेरिमा लाज शरम पचेको लुते पाखण्डी! अर्काऽ कूकुर्नीलाई पेट बोकाई बोकाई अझ तेस्तो पापी अत्याचार नि गर्नि? मोटरले खप्परै चेप्टीने गरि मर्ने फल पाएछस्! कूकुर न्याय समितिले त नर्क मै भएनि तँलाई नछोड्ने भनेको छ के रे। खुच्छिङ! थुईया, मोरो!
Read Full Discussion Thread for this article