Posted by: Ok November 9, 2005
'Gyanendra' ra 'Kantipur'
Login in to Rate this Post:     0       ?        
कथित देशभक्तहरूले ँआठ महिनाभित्रै? परिस्थितिअनुकूल होइन झन्-झन् प्रतिकूल बनाउँदै लगेको घामजत्तिकै छर्लंग छ । ँचुनाव सम्पन्न गरी सार्थक बहुदलीय प्रजातन्त्रको अभ्यास सुरु गर्ने प्रक्रिया प्रारम्भ हुनु सबै प्रजातन्त्रवादीहरूका लागि सन्तोषको कुरा हो? भन्ने अर्को टिप्पणीले प्रजातन्त्र भन्ने व्यवस्थालाई सार्थक र निरर्थक दुई खेमामा बाँडेको छ । साथै ँजनतामा निराशा बढ्दै प्रजातन्त्रविरुद्ध लक्षित आतंकवाद जन्मिएको र फैलिँदै गएको? उल्लेख गरेर प्रजातन्त्रकालको असफलता औंल्याइएको छ । प्रजातन्त्र पुनःस्थापनाको पाँच वर्ष नपुग्दै सुरु भएको ँआतंकवाद? ँराजतन्त्रात्मक प्रजातान्त्रिक व्यवस्था? विरुद्ध भएको तथ्य ओझेलमा पारिएको छ । राजाको वक्तव्यमा जननिर्वाचित व्यवस्था सक्रिय पारेरमात्रै संविधानप्रतिको निष्ठा प्रमाणित हुनसक्छ भन्ने सन्देश भने अनुकरणीय छ । त्यो सत्य हो । तर जननिर्वाचित व्यवस्था सक्रिय पार्ने अवस्थाका बारेमा विरोधाभासपूर्ण अभिव्यक्तिहरू दिइएकाले त्यति अनुकरणीय सन्देशले पनि कुनै अर्थ दिन सकेको छैन । उल्टै राजनीतिक शक्तिहरूलाई चिढ्याएको छ । निर्वाचनको पूर्वाधार भनेको शान्ति र आमसहमति हो, जसको सर्वथा अभाव भइरहेका बेला निर्वाचन र त्यसका लागि देशभक्तिको नारा खोक्रो सावित हुनेछ ।
Read Full Discussion Thread for this article