Posted by: Ok November 9, 2005
'Gyanendra' ra 'Kantipur'
Login in to Rate this Post:     0       ?        
राजाको बक्तब्य, नारायणको बिश्लेशण http://www.kantipuronline.com/nepali/kolnews.php?&nid=56643 विरोधाभासपूर्ण वक्तव्य संविधानप्रति प्रतिबद्धता दोहोर्?याउने गरी राजाबाट सोह्रौं संविधान दिवसमा जारी शुभकामना सन्देश विरोधाभासपूर्ण छ । यसले न आमअपेक्षाअनुसार सहमतितर्फ लचकता र सकारात्मक दृष्टिकोण प्रकट गरेको छ न गन्तव्यतर्फ प्रस्टता नै देखाएको छ । उच्चस्तरको अस्पष्टता र अव्यावहारिक सोच सार्वजनिक गर्ने त्यो वक्तव्यले द्वन्द्वलाई बढावा दिने र राष्ट्रिय एकतामा थप भाँजो हाल्नेछ । राष्ट्र प्रमुखको तहबाट गरिएको व्याख्यामा जनताले सैद्धान्तिक र व्यावहारिक सन्तुष्टि पाउन सकेनन् भने मुलुक थप दिशाहीन हुनेमा शंका हुँदैन । सन्देशको पहिलो विरोधाभास हो निर्वाचन र शान्तिबारेको दृष्टिकोण । एकातिर ँशान्तिबिना जननिर्वाचित व्यवस्था सक्रिय हुन नसक्ने? उल्लेख गर्ने वक्तव्यमा अर्कातर्फ ँनिर्वाचन प्रक्रिया सुरु हुनु सन्तोषको कुरा? भएको टिप्पणी गरिएको छ । अर्थात् ँजननिर्वाचित व्यवस्था? सक्रिय पार्न ँशान्ति? कायम भएको छ । यो खतरनाक मूल्यांकन हो । के अहिले देशमा शान्ति छ ? त्यो कस्तो शान्ति हो जसले जननिर्वाचित व्यवस्था पुनःस्थापित गर्न सक्छ ? ँमर्यादित, स्वच्छ र धाँधलीरहित ढंगमा? चुनाव गर्न सकिने शान्तिको अवस्था छ भन्नु राष्ट्रिय परिस्थितिको एकलांगे चित्रण हो । त्यसैगरी वक्तव्यमा ँदेशभक्तिलाई मिलनविन्दु नबनाई शान्ति कायम हुन नसक्ने? पनि उल्लेख गरिएको छ । देशमा कहिल्यै पनि देशभक्तिको विवाद छैन । नागरिकको देशभक्ति माग्नु नै उनीहरूको राष्ट्रियताको भावनाको अवमूल्यन हो । जनताले सार्वभौम छु भन्नुको तात्पर्य देशको शासन हामी चलाउँछौं भन्नु हो । अर्थात् देशको माया गरेरै जनताले आफ्नो अधिकार खोजिरहेका हुन् । अधिकार माग्ने जनतालाई देशभक्त बन भन्नु समाधानमुखी नारा होइन । वक्तव्यमा त्यससाथै ँआठ महिनाभित्रै देशभक्त नेपालीहरूको कटिबद्धताले परिस्थितिअनुकूल बनाउँदै? लगेको टिप्पणी छ जसले प्रस्टसँग अहिलेको शासन व्यवस्थाको पक्षधरमात्र देशभक्त छन् भन्न खोजिएको छ । क्रमश:
Read Full Discussion Thread for this article