Posted by: Nepe November 9, 2005
Young Devkota
Login in to Rate this Post:     0       ?        
Here is ever young Devkota. . . वैशाख चतुर्दशीकी चाँदनीसँग "हिम-स्तनी ए ! हिउँमा टेकी, किन आ'की ?" "दिवस-ज्वरको ज्वलनको आगो निभा'की ! " "सुधावदिनी हे ! स्वर्गकी चरी, किन हँसिली वदन ?" "प्रेमी जोडीहरुको देख्दछु, मधुर मिलन ! " "यति मीठोसँग पृथिवीमा किन मुसका'की -" "हरिया हृदय, अधरमा फुस्किन, छु सिका'की !" "भाव-ग्रन्थिका गहिरा बास्ना रानी ! कसरी फुस्किन्छन् ?" "शीतलताको ललित लतामा एकान्त जूनमा निस्किन्छन् !" "ए जूनरानी ! संसार निहार्छ्यौ। के, के, उदेक छ ?" "पागल मातले जब काढाँ सब फूल फूल देख्छ !" "स्वर्ग कहाँ छ ?" "मुखमा राजा ! " "दृष्टि कहाँ छ ?" "जूनमा राजा ! " "अमृत कहाँ छ ?" "दिलमा राजा ! " "प्यार कहाँ छ ?" "बेलीमा ताजा ! " "ए जून ! दिन के ?" "घाउ, घाउ ?" "रात के प्यारी ?" "मलम, मलम ? स्वपना, विपना, शवनम !" "तरुनालाई म हुँ जवानी, दीवानी ! अरुलाई हुँ, बिर्सिनसक्नु, कोमल एक कहानी ।" "रस केमा छ ?" "दुई प्यालामा ?" "मधुबाला को ?" "रानी !" "रुप ! " "सुन्दर कहाँ छ ?" "जून-गालामा । सृष्टिकी हुँ पीली दीप" "यो के जादू ?" "जीवन ! जीवन ! प्रेरणा, मिलन, सुमन ! प्रकृतिका हुन् मीठा मन्त्र, सृष्टिमुखी, यी ! इन्दु-किरण ! इन्दु-किरण !" ___
Read Full Discussion Thread for this article