Posted by: Gautam B. November 8, 2005
CHAUTARI - III
Login in to Rate this Post:     0       ?        
रमाइलो छ चाइने जो यो हाम्रो चौतारो। बिहान सबेरै चाइने जो मनिङ वाक (शहराँ त्यसै भन्छन् रे चाइने जो बिहान लखरलखर हिड्नुलाई) गर्दै चौताराँ के पुग्या थें, चौताराँ त मान्छे सुतिरा'पो देखिन्छ गाँठे! डराई डराइ गएर चाइने जो हेरेको बिर्खे जिम्माल पो रछन्। "ए बूढा के भयो चाइने जो?" भनेर सोधेको; "हिजो बेलुका सिरेले बनाको गाँजा खा'र पानी लाउन आ'को; गाँजामा के हालेर दे'छ अहिले सम्म उठ्न सकेको हैन। त्यो उल्लूले पक्का पनि त्यो शहराँ पाम्ने नाम नभा' कालो पदार्थ हालेर देको होला। त्यल्लाई मैले छोड्दिन। जिम्मालसं जोरी खोज्नेलाई देखाउन जान्या छु।" भनेर चाइने जो रिसले काम्न थाले। "बरु ए गोतामे जिम्माल्नीलाईचैं थाहा नदिनु है, मार्छे मलाई ।" भन्दै जिम्माल बूढा सोझै सिरेको घरतिर लाग्या थे।
Read Full Discussion Thread for this article