Posted by: shree5 November 7, 2005
CHAUTARI - III
Login in to Rate this Post:     0       ?        
तेई त नि के, हिजो बिहानै उठेर चईनी पँधेरा तिर गएर ब्यानको काम-कुरो अरेर म पुनि जिम्माल बिर्खे माईलाका घराँ छिरेको थे । बेला-बेलाँ येसो त्याँ जानी अर्चु के, चईनी भैसी दुहेसि येसो एउ कप चा (चिया) खाम भन्चन, चाईनी जिम्माल्नी माईली भाउजुले जाद्रै मीठो चा पकाम्चिन के । बिर्खीनी भाउजुले पकाको चा भनेसी जसले पुनि बखान अर्चन के गामभोरि नै । भैसी दुहुन त परै जाओस, बिर्खे जिम्माल ले चईनी बल्ल गोठाँ आगो सल्काएर कुँडो पकाई राका रैचन । फेरि रङ्गैको बानी छ तीनको, एउटा रिडियोलाई चईनी नैनासुतको खोल हालेर घाँटीमा जनै झै जहाँ गए नि झुन्ड्याम्चन केरे । बरु आफ्नो छोरालाई तेस्तो सुसार अरेका होईनन । त्याँसी एक चिलिम कक्कड सल्काएँ केरे मईले । दुईटैले तानेम । तेति खेर सम्मन त तो रिडियामा सँस्कृति कुरामा के के भजन सिलोक गाम्दै थियो, अनि सम्चार पुनि भनो केरे । कुरै कुराँ चईनी कुखुरा, हाँस मत्रै नभएर कौवा, डाङ्ग्रे, जुरेली भने जस्ता जम्मै चरालाई फुलो पर्नी रोग लागेको भनो । मैले त आफूलाई त चासोको कुरो भएन खासै, मासु नखानी केरे, तै पुनि बिर्खे जिम्माललाई सोधिहालेँ, " हैन, यो मुन्छेको, गोरुको, तेस्तै भैसीको, घोडा-खच्चरको पुनि आखाँ चईनी बादल लाग्नी के के जाति आँखा टाल्नी रोग लागे फुलो परेको भन्थे, मुन्छेको लाई त मोतिबिन्दु भनेर तल मैदानको हाई स्कुलाँ बर्षै पिच्छे अप्रिसन नि अर्चन, यो कौवा र डाङ्ग्रेको पुनि आँखाँ फुलो पर्दो र'च हई । भनेसि त तेस्ता चरा मार्न लाई त गुलेली पुनि चाईएको हुँदोईन । " त्याँसी त बिर्खे जिम्मालले "कहाँको तेस्तो हुँदो हो, यो त रुगा-खोकी जस्तै हो, चराहुरको चईनी राल-सिँगान आम्नी, चराहुर चईनी बिरामी हुनी, मदौरु हुनी र मोर्नी यो त आर्के रोग हो । त्याँसी तेस्ता चराको मासु खायो भनी मुन्छेलाई पुनि तेस्तै हुनी हुन्च अरे, त्याँसी त मुन्छे पुनि रगतमासी परेर मोर्च अरे । तेसो भ'र उड्नी कुराको मासु त खानै नहुनी भैसको केरे नि " भन्थे । यि डाउँडरहुरले कुरो नबुजेका पो हुन कि जस्तो पुनि लागो । अस्तिन एउ फेरा त जमुनिलाई नि तेस्तै भाको थ्यो नि । चईनी अदुबा र बेसार उमालेर दुई माना पानी के खाएकी थिई, भलिपल्टै जक्खड भएर निको भाकि थिई । ती डाउँडर भन्नी बाह्रमासे ढाक्रेहुरले पैसा कमाम्न, चईनी दबाई बिकाम्न हल्ला चलाका पो हुन कि, के हो, दैव जानोस । आफ्नो सरोकारको कुरा भएन केरे खास्सै । Keep rolling...
Read Full Discussion Thread for this article