Posted by: nepalean November 6, 2005
CHAUTARI - III
Login in to Rate this Post:     0       ?        
अब यो चौतारिआं कस्तो रमाइलो भइराथ्यो कता बाट भढुवाहरु आएर, के के अर्न थाले । तिमोरुलाइ त नेपालका काउरेस,कमनिस पाटि ठिक छ, तेतै तिर लाओ , यता नआइजाओ। काउरेस, कमनिस मन नपरे राजा तिर लाए नि हुन्च , अइले त काउरेस, कमनिसलाइ पनि जिते अरे केरे । अब त जता जता गए पनि राजाकै नारा जुलुस, अनि के के जाति अटो पनि भर्चन अरे, काउरेस कमनिस मात्रै होइन अब त राजेश हमाल पनि डाउन पारे अरे राजाले । चारै तिर घुमेरे खोइ के के जाति किताप हो - गिनिज कितापां पनि नाम लेखाउनि अरे । तेइ भर यो हिउदतिर काला काला मुन्छे भको देशतिर घुम्न जान लाका छन अरे । अनि केरे राजाका छोरा चाइ खोइ कता जाने हुन कुन्नि, राम्रो कुरो केइ देख्न नै हुन्न , कता पूर्नियाको चन्द्रमा देखेरे उतै जान्चु भन्न बेर छैन, त्यात भटभटे जान्न केरे ? खोइ के मा पो चरेर जान्चन त्या त ? यो कुरो अस्तो पधेर्निहरुले अरेका हुन क्या । ति पधेर्निहरुलाइ कस्को घर मकै भुटे, कस्को घर स्वास्नि कुटे, सप्पै जान्चन क्या । त्यो कुरा सुनेर यसो रोटेपानि टारि तिर जान लाको, उता राजु त गित गाउदै पो रच- खोलि को पटपटे जान्चु लाउर ल्याइदिन्चु भटभटे नरोउ मयालु कता माया परेच कुन्नि यो राजुको, पपि सं त पक्कै होइन होला नत्र किन भटभटे को गित गाउथ्यो, कतै पखाराकि तरुनि त भेटेन तेस्ले ?
Read Full Discussion Thread for this article