Posted by: Ok November 4, 2005
I want to get married
Login in to Rate this Post:     0       ?        
दिब्यराजजी, तपाईँले मलाई पो लमी बनाउने सुर कस्नु भो यार। कस्तो जापानमा बसेर पनि अमेरीका तिर आँखा लाउनु भा त केटी खोज्न? छन त छन्, अमेरीकामा पनि नेपाली केटीहरु, टन्नै छन्। तर राम्रैसँग भेट्न चाहिँ डिस्को, बार, जीम, पार्टीमा जानु पर्छ। मेरो चाहिँ त्यस्ता ठाँउमा जाने अनुमति मिल्दैन, घरबाट। कि बगालै लेर जानु परो, कि चुपलागेर घरमै बस्नु परो। तेसैले तपाईँले मलाई लगाको काम पुरा होला जस्तो चाहीँ लागेन। बरु गाँउका चाहिने हो भने चाहिँ, यसो विचार गर्न सकिन्छ। टाढैबाट भे नि कुरा बढाउन सकिएला। यहाँका नेपाली केटीहरु अमेरीकन भन्दा पनि आधुनिक भैसकेका छन्। अत्याधुनिक नै खोज्नु भा भे चाहिँ, पहिले तपाई परिवरिवर्तन हुनु परो। हेर्नु भन माथी मेट्रिक्सरोज ले दिएको उतर "यस्तै तालले हो भने चाहिँ, कसैले पनि तपाईसँग बिहे गर्दैन रे"। भनाईको मतलब तपाईँको लेखाई धेर सोझो भो रे। सोझो मान्छेलाई कुनै केटीले पनि मन पराउँदैनन् रे क्या। कुरा सहि हो, कि तपाई बाङगो हुनु परो र बाङगै केटी खोज्नु परो, नत्र सोझो मान्छेले सोझै केटी खोज्नु परो। ल कतातिर ढल्किने बल तपाईँकै कोटमा छ। सोच्नुस, बिचार गर्नुस्, अनि मलाई खबर गर्नुस्। सधैँ तपाईँको, ---- ओके
Read Full Discussion Thread for this article