Posted by: shirish November 4, 2005
ASAD - shirish writes A Sher A Day
Login in to Rate this Post:     0       ?        
बिव्हल हुंदा, भाबको कुरा नगरे हुन्छ ! पिउदै गर्दा हिसाबको कुरा नगरे हुन्छ ! धितोमा ईमानसम्म त राख्न सकेनौ ! जायजेथा, अभाबको कुरा नगरे हुन्छ ! मेरो ओठ, म्वाईलाई कांडै हो संसार, सुकोमल गुलाबको कुरा नगरे हुन्छ ! मेरा नजरले चीर हर्दा नग्न प्राय: छौ, नमान लाज, नकाबको कुरा नगरे हुन्छ ! झर्दै गरेको पात हुं, हल्लिदै?छु आफै हावाको प्रभाबको कुरा नगरे हुन्छ ! सङ्गमर्मरमा ठोक्की टुक्रन्छु बरु शिशा झै ! हठी नहुने सुझाबको कुरा नगरे हुन्छ ! सम्झौतामै बिजयको अनुभुति हुन्छ भने आहुति, ईन्कलाबको कुरा नगरे हुन्छ ! सुन थिएं, फलाम भएं, माटो हुन्छु समयसित सबाबको कुरा नगरे हुन्छ !
Read Full Discussion Thread for this article