Posted by: Nepe November 4, 2005
Krishna Pahadi in New York
Login in to Rate this Post:     0       ?        
दादा, गौतम, श्री, २००३ को अन्त्यतिर देखि जब प्रमुख दलहरु भित्रैबाट दल सुधारका आवाजहरु आए, त्यस समय देखि केहि समय अघि भएको ने.का. को महाधिवेशन सम्म म नयाँ दल होईन भएकै दलहरु जिर्णोद्धार भएर नयाँ हाँक र अवसर अङ्गिकार गर्न उठ्लान् कि भनेर आशावादी थिएँ । ने.का. को महाधिवेशनले पुरानो कुहिएकै नेतृत्वलाई दाम राखी सलाम गरेपछि काँग्रेसले पुनर्जीवनको ढोका कम्तीमा आगामी तीन देखि पाँच वर्षलाई ढ्याप्प थुन्यो भन्दा हुन्छ, कुनै भवितव्य बाहेक । काँग्रेसमा आन्तरिक सुधारको आवाज तुहिए पछि एमालेमा पनि त्यहि बान्की सरेको छ, यद्यपि केहि समय छ संभावनाको हिसाबले उनीहरुसंग । त्यसैले ईतिहासले चाईन्जो तर्पे तर्पे एउटा नयाँ दलको माँग गर्न लागिरहेको हो कि जस्तो लाग्छ मलाई । जेसुकै भए पनि "नागरिक आन्दोलन"ले अहिले अघोषित रुपमै भने पनि लिईरहेको आन्दोलनको नेतृत्वलाई कायम राखेर अघि बढ्नु पर्छ । मेरो विचारमा नागरिक आन्दोलनले आफ्नो तीन लक्ष भनेर स्पष्ट घोषणा गर्नुपर्छ निम्न कुराहरु १. राजपरिवारलाई नागरिक बनाउने २. दलहरुको वैचारिक, सांगठनिक र व्याबहारिक लोकतान्त्रिकरण ३. माओवादीको लोकतान्त्रिक पुनर्दिक्षा र निशस्त्रिकरण "नागरिक आन्दोलन" ले कुनै शक्तिलाई गलहत्याउने भन्दा पनि सबै शक्ति, परिवार र व्यक्तिलाई लोकतान्त्रिक गणतन्त्रको माझ बिन्दुमा ल्याएर चिरस्थायित्वको शान्ति र लोकतन्त्र स्थापना गर्ने यज्ञको रुपमा प्रस्तुत र परिचालित हुन आवश्यक छ । "ज्ञाने चोर, देश छोड" मात्र भन्न पुग्यो अब । किनभने त्यो सन्देश सर्बत्र पुगिसकेको छ । अब त "गिरिजा-माकुने चोर, पार्टी छोड्" र "प्रचण्डे चोर, माओवाद छोड" समेत भनेर नारा लगाउनु पर्छ । हैन भने "नागरिक आन्दोलन" ले नागरिक स्वरुप गुमाई कुनै एक राजनैतिक शक्तिको हातको गोटी बन्न पुग्नेछ । त्यसैले अबको नारा, फेरि एक पल्ट- Read Full Discussion Thread for this article