Posted by: Gautam B. November 4, 2005
Login in to Rate this Post:
0
?
बुईगलबाट यो धागोलाई फेरि आँगनमा ल्याएको यस्मा स्वतन्त्र शैलीका कविता
उनौँ भनेर हो।
आजचैँ यो कविता। अलि पुरानै हो, कुखुरे बैँशमा लेखेको।
"तिमी"
मेरो तन्द्रामा सुन्छु म कसैको लुगाको सर्सराहट
मिठो निश्वास र चुराको छनछन-
एउटा अदृश्य तर अनुभूत उपश्थिति;
यो घमाइलो सूनसान र मधुर बतास
मेरो अब्यक्त वेचैनी र उदासीभित्र-
म भेट्छु अलिकति मुस्कान फक्रेको
मेरो प्रतीक्षामा;
मेरो मौनभित्रकी चिर्बिराहट
मेरो शून्यभित्रकी पूर्णता
जस्को अष्पष्ट यादले-
म हरदम सताइएको छु
जस्को खोजीमा म-
विना विश्राम भौँतारिइरहेछु
के तिमीनै हौ त्यो?
ओ मेरी रानी!