Posted by: nepalean November 3, 2005
CHAUTARI - III
Login in to Rate this Post:     0       ?        
हावा नलाइ पात त हल्लिदैन तर मलाइ यि केटाहरुको पटक्कै बिस्वास लाउदैन भनेको । घरि कसलाइ झोसचन घरि कस्लाइ ? भेला त हुनि लास्टां त्यो दस किलासको नेपालि कितापको मसिनेको शंका होला जस्तो छ है ? चाइनो कुरो के रे भउतेले कस्लाइ कत सुताका थिए, झुकिएर तेता गका हुन कि ? अरु नै झुकिएर तेता गको हो ? मैले सुनेको त खुट्टासुकेको कामिको छोरो ठुले कामि र घर्तिका बखतेकी छोरी स्यानि पल्केका रचन । कैले काइ भउतेका मेला जादा त्यो स्यानि भउतेकै भात खार जुठो भाडो अरि वरि पिढियां सुत्ति अरे । अनि तेस्तै मेसो पारेर ठुले कामि स्यानिलाइ भेट्न आउदो रैच । त्यो राति चै सेते कामिकां रौसि खार मरेच कामि ठुले अनि मेसो नपार मजेरिआं सुतेको जमुनि तिर पुएच । अनि त खायो नि बजियाले हत्तासोको दनक। हिजो किराखोर स्कुलतिर खुट्टो खोच्चाउदै हिड्दै थियो, मोराको त हात मात्रै होइन खुट्टा पनि भाग भेटेच। खास कुरो त्यो हो के रे अब गाम नै किन मुछ्न पर्यो, जात जनाउनि गु गनाउनि ।
Read Full Discussion Thread for this article