Posted by: Ok November 3, 2005
CHAUTARI - III
Login in to Rate this Post:     0       ?        
यी हाम्रा पुण्टे दाजै त पोलिटिक तिर लागे भनेर चित्त बुझाको त के के कुरा पो अर्छन् है यि भउते त। हैन दिउसो दिउसो पोलिटिक राति राति घरघर धाउछन् कि क्या हो? धोबिनीले एकै रात छोड्दा पनि कस्तो औडाहा भको है यिनलाई त। ल है सिरे, कुरा गा-हो भो। अर्काले हात हालेकी स्बास्नी त राख्नु हुन्न रे क्या। जुठो हाल्न भ्याएकी भएनन् भनेर छिटो छिनो फानो गर्नु प-यो। नत्र भोली सब गाम्लेहुरलाई बोलार भात-पानी बाहेक गर्नु पर्ला। कुरो त अर्को पनि सुनिएको हो। सिरेले जमुनीलाई लगेको भउतेलाई मन परेकै थेन रे क्या। ठाँउ पाका बेलामा रीस फेरौँला भनेर स्यालले कुखुरा ढुकै झैँ बसिरारे भउते। धर्म भका मान्छे त हैनन् है यि भउते पनि। जोसमा आपछि त को नजीकको को टाढाको पनि छुट्याउँदैनन्। खै भगवान् जाने, कुरा के हो। कुरा जे भे नि दुधको दुध पानीको पानी हुनुपर्छ है गाम्लेहुर। छिट्टै टुङग्याम्। नत्र त जोरीपारी ले हाम्लाई हेप्छन्। गाम कै बिजेत हुन्छ। माटोमा नमिलाम् है हाम्रो गाउँको नाक। यो कुराको छोनोफानो, आज बेलुका भाईटीका पछि बस्ने भेलाले गर्छ। तेही नमेको चौतारामा बस्ने है भेला। ---- ओके
Read Full Discussion Thread for this article