Posted by: shirish October 31, 2005
ASAD - shirish writes A Sher A Day
Login in to Rate this Post:     0       ?        
here is the final (yeah final version) आस्थाको अभाबमा , एउटै मूर्ती पनि, प्रस्तर पनि ! हो ! आफ्नो मत आफैलाई, सदर पनि, बदर पनि ! प्रकृति-संगत हो नाङ्गोपना, के को लाज नि ? स्वेच्छाको सम-भोगाइमा श्रृष्टि पनि, कदर पनि ! फाटेको सिरक भित्र संस्कारैले थिचिनु बाहेक, मेरो प्रिय माग्दैछ, अधिकार पनि, अबसर पनि ! ढुङ्गे मन फूलेको उराठ बगरले छहरासित फूल बगाई ल्याउन, गर्यो अनुरोध पनि, कर पनि ! ग्रहण, अध्यारो पश्चात गोधूली भेटिन पर्ने हो, तर आयो उज्यालो हरा?को सूचना पनि, खबर पनि ! मेरो बिरुद्दका कुरा सुनेर रमाउने नै हौ भने आफै रच्नु तिमीलाई मिल्दो प्रश्न पनि, उत्तर पनि ! साला शिरिषको अर्थै नदेखिने कस्तो बन्यो माला ? गजलमा नमिलेको जस्तो, काफीया पनि, बहर पनि !
Read Full Discussion Thread for this article