Posted by: Nepe October 31, 2005
NY Devkota Jayanti...pics
Login in to Rate this Post:     0       ?        
श्रीमती शोभा पोखरेल श्रेष्ठले मेरो सगरमाथा, रवि अधिकारीले आमाको चिठ्ठी, भारती गौतमले सानीमाको काख कविता बाचन भएको थियो । कार्यक्रमलाई रोचक बनाउन आयोजकहरुले बिचबिचमा गीतलाई समावेश गर्नु भएको थियो । श्रोतावर्गको आलस्यपनलाई सजिवता दिंदै कलाकार श्री उज्ज्वल मैनाली आफ्नै प्यारोडीले रौनकता थपिदिनु भएको थियो । अर्का कलाकार श्री प्रकाश गुरुरुले त्यस्तै आर्को गीत गाई श्रोतालाई मनोरन्जन दिनु भएको थियो र कार्यक्रमको अन्तिम मनोरन्जका लागि कलाकार श्री एल.जी. खाम्बोचेले भेडाको ऊन जस्तो भन्ने गीत गाउनु भई श्रोतालाई जुरुकजुरुक उर्ठाई दिनु भएको थियो । प्रतियोगितात्म कार्यक्रम भएकोले निर्णायक मण्डलमा पाँचजना वरिष्ठ व्यक्तित्वको चयन गरिएको थियो । प्रमुख निर्णायक श्री मुरारिराज शर्मा, भूतपूर्व स्थायी प्रतिनिधि, र अन्य सदस्यहरुमा प्रो. मोहन सिटौला, डा. तारा निरौला, श्री गगन बिरही, तथा श्रीमती सीता पाण्डे रहनु भएको थियो । प्रथम पुरस्कार श्री विनोद रोक्कालाई बुद्ध मारेर शान्ति खोज्दैछौं कविताका लागि प्रदान गरिएको थियो भने दोस्रा पुरस्कार राधा पौडेललाई दीपहरु बल्दै नबल्ने भए कविताका लागि प्रदान गरियो भने तेस्रो पुरस्कार श्री सन्तोष थपलियालाई लेखुँ लेख्न मिल्दैन बोलुँ बोल्न मिल्दैन कविताका लागि प्रदान गरिएको थियो । पुरस्कार प्रमुख अतिथि श्री कुलचन्द्र गौतमज्यूले प्रदान भएको थियो । सम्पूर्ण कार्यक्रमको Master of Ceremony कलाकार श्री शैलेश श्रेष्ठले अत्यन्त रोचक ढंगले गर्नु भएको थियो । करिव २०० जति श्रोता तथा रचनाकारहरुको भिडले आयोजकहरुलाई केहीबेर अत्याई दिएको थियो । मिठो रात्रिभोजका साथसाथै कार्यक्रमको समापन भएको थियो । गीता खत्री, अध्यक्ष, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, न्यूयोर्क च्याप्टर अक्टोबर ३०, २००५
Read Full Discussion Thread for this article