Posted by: Gautam B. October 30, 2005
GOTAMEKO GANGAN
Login in to Rate this Post:     0       ?        
तिहार आयो। बहिनीहरुको याद आयो। यो परदेशको शुष्कता र नीरसतामा बहिनीहरुलाई सम्झेर रुँदैछु। "बहिनीहरु" 'इकेवाना' यी म सजाईरहेछु सधैँ मुटुमा। झुकाइदिन्छु अहंकार फ्याँकेर थाकेको शिर। भिजाईदिन्छु खुशीको आँशु पोखी कोमल पाऊ। ('इकेवाना': फूल सजाउने जापानी कला) "याद" बारीको डिल झपक्क मखमली सयपत्रीको, ती रातहरु लालटीन बोकेर गाऊँ डुलेको, के गर्दै होला? त्यो पुण्टे बाल सखा संगै नाचेको।
Read Full Discussion Thread for this article