Posted by: nepalean October 30, 2005
Mayya Didi ko samjana
Login in to Rate this Post:     0       ?        
मैया दीदी मेरो धेरै धेरै माया । तिम्रो सन्चो बिसन्चो त नेपालमा पनि थाहा छैन, म त सात समुन्द्र पारी कसरि थाहा होला । यता अंग्रेजी तारिक चल्छ, तिहारको टिको कहिले हो ठ्याक्कै थाहा छैन तर पनि यता उताको खबरबाट थाहा लाग्यो तिहार त आइसकेछ। उमेरको हिसाबले त ६-७ बर्ष जेठी हौलि तर तिम्रो पढाइ कमजोर भएर एक चोटि त मसंग S.L.C दियौ । मलाइ कति गार्हो भएको थियो तिम्रो र मेरो सेन्टर एउटै ठाउमा पर्दा । पढ्न लेखेको रहेनछ तिमिलाइ, तिम्रो पढाइ तेतिमै टुङियो। बुबाका ५ जना दाजु भाइ, सबैका एउटा छोरो एउटा छोरि, कस्तो ठ्याक्कै मिलेको होला । तेसैले तिमिसंग टिको लाउने मेसो मिलेन । तिमिले गिरे दाइलाइ टिको लाइदिन्थ्यौ मलाइ बिनाले । तर आज तिम्रो यादले मन सारै थिच्यो । यो बर्ष निदार खालि भएर त के भो अर्को साल आउछ तर तिमि यो निदारमा सात रंग लगाउन कहिलो पो आउछ्यौ , सम्झदै काहालि लागेर आउछ, मन गाठो परेर आउछ, भिजेका आखामा मात्र आशु आउछ, गला रोकिन्छ, रुमालले आखा पुछ्छु, एकछिन टोलाउछु फेरि तिम्रो याद आउछ, भिजेका आखबाट आशू खछ्छन, गला रोकिन्छ। तिम्रो अधिग मायाले झन थिचि रहेछ, मेरो सफलतामा प्रकट हुने तिम्रो खुसि, आज त्यहि चेहेरा वरिपरि देखि रहेछु। तिमिलाइ तिजमा लिन जादा, ? मेरो इन्जिनियार भाइ? भनेर तिम्रि सासुसंग कुरा गर्दा मेरो नाक कत्रो भएको थियो, ति शब्द अजै कानमा बजिरहेछन, प्रतिध्वनि भइरहेछन, यसलाइ रोक्न कान थुन्छु, अनि यता उता हेर्छु तिमिलाइ खोज्छु, कतै पाउदिन, फरि टोलाउछु, मन गाठो परेर आउछ, भिजेका आखामा मात्र आशु आउछ, गला रोकिन्छ, फेरि रुमालले आखा पुछ्छु । आफ्नो बाटो लागि भनेर सम्झयो नभन, तिहारमा एक्लै भएर रोयो नभन, तिम्रो मायाले थिचिरहेछ, कामिरहेको यो मन तिमी र तिहार सम्झेर मखमलि फुलले तर्साइरहेछ। मखमली उन्ने तिम्रा हात पोलेको आगोले मेरो मन पोलिरहेछ। खरानिबनि गन्डकिले तिमिलाइ कता पुर्यायो तर मलाइ तिम्रो मायाले थिचि अचल बनाइ रुवाइरहेछ। भान्जा भान्जीको अबोध हासो, ठुलाबा ठुलिआमाको पिडा, गिरे दाइको शुन्य तिहार, अनि अमेरिकाको सानो शहरमा एक्लो म, तिहार मलाइ बिझाइरहेछ, आशु खसिरहेछन, आखा भिजिरहेछन। दिदि, यो तिहारको मेरो उपहार उमेर छदै चुडिएको तिम्रो मनले शान्ति पाओस, आकाशबाट मुस्काइरहे, संसारबाट बिदा भएका भाइहरुको निदार रंगाइदिए, आकाशका ताराको मालाउनि तिनिहारुलाइ लगाइदिए। ----------------------------------------------------------------------------------------------- २ बर्ष अघि बितेकि मैया दिदिप्रति समर्पित
Read Full Discussion Thread for this article