Posted by: SHIV October 29, 2005
Login in to Rate this Post:
0
?
लप्सीको तितैरा गुन्दुरको झोल, कति पर भाग थेँ अब अमृत भो, हामीत कति पाखे भन्थेँ, आफ्नो संस्कृति आडम्बर भन्थेँ, केथाहा मलाई मेरो पहीचान रहेछ । भबसागरमा हराएर आफैलाइ पाएँ , तर आफ्नो अस्तीत्व सँग जोडीएको, मनको मर्म कसरी बताऊ, म त आमा नभएको अनाथ बालक झैँ भए, आमाले हैन बालक आफैले छोडेको, नरोउ आमा म चाँडै आऊछु, तिम्रो काखमा सिर राखी निदाँउछु ।।