Posted by: Ok October 28, 2005
Pyari Bahini
Login in to Rate this Post:     0       ?        
अस्ति जस्तो लाग्छ, तिमी सानै हुँदा 'कति पल्लाघरे काकाकी छोरीको हातको मात्र टीका लगाउनु तिहारमा' भनेर फुच्ची बैनिसँगै टीका लगाएको। बिचारा तिमीलाई थाहानै थिएन प्रष्टसँग। तिमीलाई पनि मैले लगाएको टोपी चाहियो भनेर कति झगडा गरेकी थियौ। "तिहारभन्दा अगाडि दाजुलाई टीका नलगाईकन ओखर खानु हुन्न छोरी" भनेर आमाले भन्दा तिमी लडिबुडी गरेर रुँदै एकछाक भातै बहिष्कार गरेकी थियौ। त्यो भन्दा पनि अगाडी आमा पर्म गर्न मेला जाँदा मैले नै तिमीलाई हेर्नु पर्थ्यो। तिमी कतिबेर सम्म रोईरहन्थेउ, आमा हिडेपछि। मैले तिमीलाई फकाउन 'दशैँ आउला, खाउँला पिउँला। राम्राराम्रा नाना लाँउला, दहि च्युरा खाँउला' भनेर गीत गाउनु पर्थ्यो। 'तिहारमा धेरै सेलरोटी दिने नि कान्छी तिमी अहिले नरुने हो भने' भन्दै तिमीलाई फकाउनु पर्थ्यो। घरको बलेसीमा बसेर माटो पुछ्दै ओखर फोरेर आधा माटो र आधा ओखरको गुदी सँगै खान्थेम्, कति मिठो लाग्थ्यो। तर आजको तिहारमा न त मेरी बहिनीको हातको टीका लगाउन पाउँछु न त ओखर, सेलरोटी, दहिच्युरा नै खान। क्यालिफोर्नियाको यो कोलाहलमा त्यसै त्यसै हराएको छु। बिगतहरु सम्झनलाई पनि रात पर्नु पर्छ। बैनी, यसपालीको तिहारमा पनि यस्तै भयो, तिम्रो हातको टीका लगाउन पाईन। हुन त के हुन्छ, तर पनि आँउदा बर्षहरुमा चाहिँ बहिनीको हातको टीका लगाउन समय निकाल्ने कोषिष गर्छु। भाईटीकाको दिन (कार्तिक १७ गते बिहिबार) म तिमीलाई फोन गर्नेछु। नेपाली समयअनुसार, बिहान ठीक ८:०० बजे फोनमा बस्नु है। तिम्रो दाजु, ओम कुमार खनाल क्यालिफोर्निया, युएसए
Read Full Discussion Thread for this article