Posted by: Ok October 28, 2005
Chhori Ko Naam.
Login in to Rate this Post:     0       ?        
"यो साझामा हाम्रा दिदीबहिनीका एकसेएक स्वीट नामहरु छन्। हाम्री एउटा चेलीलाई छोरीको नाम चाहिएको छ। अनगिन्ती नामहरु यहाँ बर्षिरहेछन्, तर पनि पुगेको छैन। अचम्मको कुरा त यो छ कि कसैले पनि आफ्नो नाम चाहीँ प्रोपोज गरेको छैन, किन होला? भाङली दमिनि पनि त एक ससक्त नाम हो नि"--- एक जिज्ञासा। यो कुराले मलाई आमाले मेरो नाम नराम्रो भो भन्दा भनेको एउटा कथाको याद आयो। भा.द.को लागि यो कथा मेरो तर्फबाट। कथा यसप्रकार छ: एकजना मानिसको नाम "ठीक"रहेछ रे। सबैले ठीक-ठीस भनेर सधैँ जिस्काउँथे रे। वाक्क लागेर अब राम्रो नाम राख्न प-यो भनेर 'अब म बाहिर हिड्छु र नाम सोध्दै जान्छु, ४-५ ठाउमा सोधेर जुन नाम राम्रो लाग्छ, तेहि नाम चेन्ज गर्छु' भनेर घरबाट साईत निकालेर हिडेछ रे नाम खोज्न। एकघण्टा जति हिडेपछि एउटा गाँउमा लास लिएर मलामी जाँदै रहेछन् रे। 'यो आज मर्ने मानिसको नाम के होला?' मनमनै बिचार गरेर एउटा मलामीलाई सोधेछ रे। मलामीले उत्तर दिएछ 'अजम्बर'। 'ल यो नाम त मन परेन मलाई' भनेर फेरी बाटो लागेछ। हिड्दा हिड्दा एउटा बाटोमा माग्नेलाई भेटेर नाम जान्ने ईच्छाले सोधेछ "ए भाई तिम्रो नाम के हो?"। त्यो भिखारीले उस्को नाम 'धनपति' बताएछ। यो नाम पनि मन परेन भनेर फेरी हिडेछ रे। एउटा खेतमा एकजना अधबैंसे आईमाई मरिमरी धान चुटेर हिँजो मात्र लगेको खलोको छरिएका धानका गेडाहरु एकएक गर्दै टिप्दै जन्मा पार्दै गरेको देखेछ। नाम जान्ने ईच्छाले सोधेछ रे "ए दिदी हुनुहुन्छ कि बहिनि, तपाईँको नाम के होला?" ति आईमाईले उतर दिईछिन् "लक्ष्मी"। यो पनि मन परेन भनेर बाटो लागेछ रे । अलि पर पुगेर टक्क अडिएछ। हैन, के हो यस्तो भनेर मनमनै गुनगुनाएछ (गित जस्तै बनाएर): "अजम्बर" पनि आज मरे, "धनपति" माग्ने भीख, "लक्ष्मी" आफैं खलो बडार्ने, मेरो नाम "ठीक" नै ठीक। 'ए सबैका नाम उस्तै हुँदा रहेछन्' भनेर मेरो नाम "ठीक" नै ठीक छ भनेर फर्केछ रे- आफ्नो नाम राम्रो भकोमा गर्व गर्दै। ह्याप्पी स्वर्णीम शुक्रबार भा.द. जी। सधैं सधैं शुक्रबार मात्र आईरहोस् - ओके
Read Full Discussion Thread for this article