Posted by: jhaljhali October 27, 2005
Article about Nepali Students in US: Kantipur
Login in to Rate this Post:     0       ?        
अमेरिकामा गरिब नेपाली विद्यार्थी प्रदीप खनाल - एक मित्र गाउँथे- 'अरूको भरमा बाँच्नुपर्छ गाडी नहुनेले...।' साँच्चै, आफ्नो सवारी साधन नहुनेहरू यहाँ बाँच्ने अरूकै साहरामा हो । दिनहुँ १६/१७ घन्टा खटिँदा पनि उनीहरू नुन किन्नसमेत अर्काको भर पर्नुपर्छ । चार वर्षअघि अमेरिका छिर्दा महँगो शिक्ष्ाा र क्रेडिट कार्डको अथाह ऋण सायदै कल्पेको थिएँ । यहाँको कठिन जीवनशैलीसँग पौंठेजोरी गर्दागर्दै 'अमेरिकन डिग्री' हात पारियो । २००३ डिसेम्बरको छुट्टीमा नेपाल पुग्दा अर्का एक मित्रले भनेको झल्झली सम्झन्छु । 'धार्मिक दृष्टिकोणले भारतका गंगोत्री, यमुनोत्री, बद्रीनाथ र केदारनाथ चार धाम भएझैं नेपाली विद्यार्थीका लागि बेलायत, अस्टे्रलिया, जापान र अमेरिका चार धाम हुन् ।' यसले मन केही हलुङ्गो हुन्छ । सम्पन्न व्यक्तिलाई अवसरको क्षितिज फराकिलो भए पनि मध्यम एवं निम्न वर्गीय परिवारका विद्यार्थीसँग निकै कम विकल्प हुन्छन् । नेपालबाट आउनेमध्ये धेरैजसोको रोजाइ चिकित्सा, इन्जिनियरिङ पढ्ने हुन्छ । पछिल्लो समय नेपाली विद्यार्थीको आकर्षण अमेरिकातर्फ मोडिएको पाइन्छ । तिनका लागि अमेरिका सर्वाधिक रुचाइएको शैक्षिक तीर्थस्थल भन्दा फरक पर्दैन । राजनीतिक, आर्थिक र सामाजिकमात्र होइन, स्तरीय एवं आधुनिक शिक्ष्ााका दृष्टिले पनि यो मुलुकले सबैको ध्यान खिच्न सफल भएको छ । नेपालमा प्रमाणपत्र तह सकेलगत्तै मेरो आकर्षण पनि अमेरिकाप्रति बढ्यो । संसारभर मान्य हुने 'अमेरिकन डिग्री' हासिल गर्ने रहर जाग्यो । स्वदेशमा द्वन्द्व र नैरश्यले गर्दा मन 'अवसरहरूको देश' तर्फ कुत्कुति रह्यो । अमेरिकामा कमाइने 'डलर' र त्यहाँको उच्च जीवनशैली सुनेर पनि हुनसक्छ, त्यहाँ जाँदैमा आर्थिकस्तर र सामाजिक प्रतिष्ठा उकासिने बनावटी विश्वासले पनि हुनसक्छ, मन बहकिँदै गयो । अतः केही गरुँ अनि केही बनुँ भन्ने उद्देश्य बोकेर सन् २००१ मा अमेरिका टेक्न पुगेँ । लाग्छ, धेरैजसो यिनै चाहना र कारणले पढ्न भनेर अमेरिका पुग्छन् । मेरो कल्पनाको अमेरिकामा गगनचुम्बी भवन, फराकिला तर सुग्घर सडक, छरिता गाडी थिए । तर, आर्कान्स राज्यस्थित आफ्नो कलेज आइपुग्दा भने मैले कल्पेका कुनै चिज भेटिँन । ११ हजार जनसंख्या रहेको सानो सहर, आकर्षणको नाममा केबल त्यही कलेज थियो । वास्तवमा भन्दा त्यो अमेरिकन गाउँ थियो । जेजस्तो भए पनि स्तरीय शिक्ष्ा पाउने भएकाले अमेरिकन गाउँको बसाइ त्यति नरमाइलो नहुनेमा ढुक्क थिएँ । महँगो शिक्षा सामान्य नेपालीको पहुँचभित्र नहुने भएकाले प्रायः नेपाली विद्यार्थीले अमेरिकामा आफै संघर्ष गर्नुपर्छ । कलेज शुल्क, घरभाडा, बिजुली, टेलिफोन, इन्टरनेट आदिजस्ता नियमित खर्च, महँगा पुस्तक र पेट खर्च आफैंले जुटाउनुपर्छ । नियमित कक्षामा उपस्थित हुनु र परीक्षाका लागि तयार रहनुका साथसाथै अतिरिक्त काम गरेर खर्च उठाउनु कम कठिन छैन । प्रायः स्नातकोत्तरको अध्ययनका लागि कलेजबाटै उत्कृष्ट विद्यार्थीलाई खर्च दिइन्छ, तर स्नातक गर्दा भने कमैले यस्तो सहुलियत पाउँछन् । यसर्थ, सम्पूर्ण खर्च आफै व्यहोरेर स्तरीय शिक्षा हासिल गर्न सम्भव भए पनि त्यो फलामे च्युराझैं बन्न पुग्छ । For the whole article, click the following link. http://www.kantipuronline.com/nepali/kolnews.php?&nid=55378
Read Full Discussion Thread for this article