Posted by: Nepe October 27, 2005
Login in to Rate this Post:
0
?
दादा सन्जुलाई छाडी बेपत्ता भए देखुन बिचरी सन्जु विरहको आगोमा पिल्सिरहेकी छे । मेरो हात यो गीत र फोटु पठाएकी छे सन्जुले दादालाई ।
केहि नभनी जाने मान्छे,
के थाहा के हो फिक्री सुर्ता,
एक पल कति लामो हुन्छ
तिर्खा बोकी पानी कुर्दा ।
आँखा ओछ्याई बाटो भरी
हेर्दाहेर्दै साँझ ढल्यो,
मनको मेरो मजेरीमा
वत्ती विरहको बल्यो ।
तारा हेरी बस्छु भन्यो
गिज्याउँछन् आंखा झिम्क्याई,
जूनले साथ दिन्थ्यो होला
डुबी सके छ उ अस्ताई ।
छाती बल्यो के बलेन,
नबलेको बत्ती मात्तै,
झरी झरी आँखा भरी
त्यो झरेन कति मात्तै ।
धरतीको सिंउदो भरी
बिहानीले सिन्दुर छर्यो,
कल्पनामा तिम्रो स्वरले
मेरो कानमा साउती गर्यो ।
मेरो मनको अँधेरीमा
जगमग पार्न आउनु तिमी,
मेरो मनको पँधेरीमा
पानी भर्न आउनु तिमी ।