Posted by: Dada_Giri October 27, 2005
Sanju ko Yaad Ayo ..Its too much now!!!
Login in to Rate this Post:     0       ?        
-2- "लेकाली हे हे चोयाको डोको सानु माया हे हे लगाउने धोको नपुग्दै मर्छु पो क्यारे! हे, भन सोल्टी बरोबर नढाँटी! हे, भन सोल्टी बरोबर नढाँटी! रातो चोलो, पाखुरीमा टिमिक्कै माया बस्यो, आँखैमा झिमिक्कै के गोऽड्नु कर्कलो बारी पर्ख तिम्लाई रोइरने नपारी बैँशैमा! बैँशैमा मर्छु पो क्यारे! हे, भन सोल्टी बरोबर नढाँटी! हे, भन सोल्टी बरोबर नढाँटी! ... ... ... " पिङ्बाट झरेसी हामी त नाच्न पो थालियो, शरदका ती जुनेली रातमा। पारिको पहरोमा हाम्रो आवाज ठोकिएर प्रतिध्वनी हामीतिरै फर्किँदै हाम्लाई जोस माथि जोस थपेको थियो। एकैछिनमा राजुपनि मादल भिरेर हामिसितै मिसियो, सिरे र जुमनी पनि हात समातेर नाच्न थाले। म र सञ्जु घरि पिङ् मा घरि सुर्के गर्होमा लडिबुडी खेल्दै थिएम्। राजु र नमे पनि हात समातेर नाच्न थाले, घरि उठ।दै घरि बस्दै नि अब, के भन्नी। यस्तैमा जिवने र खेमेपनि च्याग्राको मासु गन्हाउँदै आइपुगे र पिङमा झुन्डिन थाले। उनीहरुका हातमा सेल रोटी थिए। हामी भने घरमा ३,३ खाएर आएको भएपनि उनीहरुको हातमा सेलरोटी देखेसी खान मुन लायो। सञ्जुले उनीहरुको हातबाट सेलरोटी लिवदै रजुलाई दिई र राजुले सेलरोटी भाँचेर बाँड्यो। हामी पकुम पकुम् सेलरोटी खान थालेम्। यसबेला नवमीको मध्यरात भइसकेको थियो। हामी थाकेर होला सबैजना चुप चाप लाग्न पुगिएछ, पत्तै भाएन। पिङको चुईँ चुईँ गरेको आवाजमात्र सुनिँदै थियो। घरि घरि "पपि" भुकेको आवाज पनि नेपथ्यमा सुनिन्थ्यो। मुखियाबाको सुर्के गर्हाको खिर्राको फेदनिर सिरे र जमुनीको छाँया मात्र देखिन्थ्यो। ... ... ...
Read Full Discussion Thread for this article