Posted by: Dada_Giri October 27, 2005
Login in to Rate this Post:
0
?
सञ्जुको याद आयो
---------------------
-1-
मुलडाँडी बोक्दा पनि यति नथाकेको जिऊ आज साह्रै थाक्यो, पिंङ् धेऽरै खेलेर, राजु, मिने, जिवनेहरु पनि थाके होलान् नि खेल्दा खेल्दै र मच्चाउँदा मच्चाउँदै।
अब घरतिर लागम् भन्ने बेला हुनै लाग्या थियो सञ्जुले जिध्दी गरी, "अब लास्टाँ एकै ताल खेलेर फर्कुम्।"
हामी पिंङ् चढेसी मिने र राजुले कानेखुशी गरे।
ल तिमेरु खेल्दै राख भुनेर बाटो लागे। सञ्जु र मेरो तौलो मिल्ने हुनाले उनीहरुले मच्चाउन छोडेसी, पिंङ् त तराजु जस्तो एकै ठाममा अडिरह्यो।
उत्तोलकले सन्तुलन मिलाइरह्यो।
राजु र मिने मौवाको फेदबाट अलाप भइसके पनि हामिले केहि बेर आउँछन् होला भन्ने आशा गर्न छोडेनम्।
अब त तिनीहरु आउने आशा पनि मेटियो।
"दादा अब कसरि झर्नी हो?" सञ्जुको स्वरमा हाँसो र रोदनको समिश्रण थियो।
"झर्न नसके रातभरि यहिँ बसौँला।" मैले सञ्जुलाई शान्त्वना दिँदै भनेँ।
"गण्डकी पारि, लसुन घारि, बार बार्नु पर्दैन
तिमी कन्या केटी, म कुमार केटा, डर मान्नु पर्दैन
सञ्जु,
डर मान्नु पर्दैन ... ... ..."